संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त : नवनिर्वाचित राष्ट्रपति पौडेल | Khabarhub Khabarhub

संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त : नवनिर्वाचित राष्ट्रपति पौडेल


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सबैमा आभार प्रकट गर्दै राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसात गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने प्रतिज्ञा गरेका छन्।

उनले भनेका छन्, “नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्।”

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिमा निर्वाचित हुँदै गर्दा २००७ सालको जनक्रान्तिको आरम्भदेखि प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका निम्ति भएका विभिन्न आन्दोलन, सङ्घर्ष र अभियानमा ज्यान गुमाउने सबै सपूत शहीदप्रति श्रद्धासुमन अर्पण गरेका छन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलले आफूलाई साझा उम्मेद्वारका रुपमा प्रस्तुत गर्ने र सहयोग गर्ने गठबन्धन दलहरु एवं मतदान गर्नुहुने सबै मतदाताप्रति आभार व्यक्त गरे। उनले मित्रवत प्रतिस्पर्धामा रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ,को दल तथा मतदातालाई पनि हार्दिक सम्मान गरेका छन्।

“मलाई प्रतिनिधिसभा र संविधानसभामा विजयी गराई निरन्तर सेवा गर्ने अवसर दिएकामा तनहुँ जिल्लावासी तथा मतदाताहरूलाई पनि हार्दिक आभारसहित कृतज्ञता ज्ञापन गर्दछु”, उनले भनेका छन्।

“निष्पक्ष निर्वाचन सम्पन्न गराएकामा निर्वाचन आयोग, नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षाकर्मी तथा सम्पूर्ण पक्षमा धन्यवाद व्यक्त गर्दछु, सबै शुभेच्छुक तथा सहयोगी मनप्रति धन्यवाद व्यक्त गर्दछु” उनले भने।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेलले ३३ हजार ८०२ र प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरेका थिए।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ७ : ४४ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला