साढे २ किलो चरेससहित रुपन्देहीबाट एक महिला पक्राउ | Khabarhub Khabarhub

साढे २ किलो चरेससहित रुपन्देहीबाट एक महिला पक्राउ


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल – साढे दुई किलो चरेससहित रुपन्देही प्रहरीले भैरहवाबाट एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो।

बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।

शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे दुई किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ०५ बजे

११ अंकले घट्यो नेप्से, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३२ अंकले घटेको छ

प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रभावकारी सेवा प्रवाहलाई

वाणिज्य विभागले अब प्रदेश र स्थानीय सरकारसँग मिलेर बजार अनुगमन गर्ने

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अब सरकारका

ललितपुरका धानखेतमा हरियाली (तस्बिरहरू)

काठमाडौं– असारमा रोपेको धान हरियो हुँदा ललितपुरको रिंगरोड बाहिरका क्षेत्रमा

सङ्खुवासभाका विद्यालयको पूर्वाधार विकासमा सघाउन मन्त्री खड्काको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षा, विज्ञान तथा