झरीमा खानुहोस् यस्ता परिकार « Khabarhub

झरीमा खानुहोस् यस्ता परिकार


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनसुन सुरु भएसँगै अहिले देशभरको मौसम बदली भएको छ र देशका अधिकांश स्थानमा पानी परिरहेको छ ।

तीन दिन देखि लगातार परिरहेको झरीका कारण बाहिर निस्कने अवस्था छैन । मौसमविद्हरुले अझ केही दिन वर्षा हुनसक्ने बताएका छन् । त्यसैले यस्तो बेलामा तपाईले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

किनकी झरीको मौसममा घरमा रहेकाहरुले र काममा गएकाहरुले झरीको मौसमका खानालाई ख्याल गर्न जरुरी छ । आखिर के खाने त झरीको समयमा ?

मकै 

यो मौसममा प्रशस्त मात्रामा पाइने हुँदा मकैका विभिन्न परिकार बनाएर खाने चलन छ । हरियो मकै पोलेर वा उसिनेर खान सकिन्छ । त्यसैगरी दूधालु मकैलाई पिसेर रोटी तथा फाडो सुप बनाएर खाने चलन पनि छ ।

भटमास 

अहिले भटमास पाइने समय हो । विशेषत साउन भदौमा हरियो भटमास प्रशस्त पाइन्छ । उसिनेर खानेदेखि लिएर छोडाएर दालका रूपमा समेत हरियो भटमास प्रयोग गरिन्छ ।

खीर

असार, साउन भदौमा दूधको उत्पादन बढी हुने भएकाले यो बेला बढी खाइने परिकारमध्ये खीर पनि एक हो । दूधमा चामल, मकैको च्याख्ला आदि खाद्यान्न मिसाएर खीर पकाइन्छ । यसलाइ स्वादिष्ट बनाउन घ्यू, काजु, नरिवल, मरिच आदि मसला समेत हालिन्छ । यी मसलाबाट प्राप्त हुने ऊष्णताले वर्षा याममा भिजेको शरीरलाई विभिन्न रोग–व्याधिबाट जोगाउँछ ।

हरियो काँक्रा तथा खोर्सानीको अचार

यो समयमा प्रशस्त मात्रामा खोर्सानी पनि फल्छ । हरियो काँक्रा तथा पिसेको हरियो खुर्सानी निकै स्वादिलो हुन्छ ।

अदुवा र तुलसी

अदुवाले यो समयमा हुने विभिन्न प्रकारका इन्फेक्सनबाट जोगाउँछ । त्यसैले चिया, सुप, खिचडीजस्ता विभिन्न परिकार बनाउँदा अदुवा तथा तुलसी प्रयोग गर्नु लाभदायक हुन्छ । झरीको चिसो मौसममा सुप खाँदाको मज्जा नै बेग्लै हुन्छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  १० : ४० बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,