पपुवा न्युगिनीद्वारा युएई पराजित  | Khabarhub Khabarhub

पपुवा न्युगिनीद्वारा युएई पराजित 


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनीले यूएईलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १९० रनमा समेटियो ।

युएईका लागि आर्यान लाक्राले ५१ रनको योगदान दिए । तेस्तै कप्तान मुहम्मद वासिमले ४१ रन बनाउँदा जावर फरिद र सीपी रिजवानले समान १९ र १९ रन बनाए । 

पपुवा न्युगिनीका राईली हेकुरेले तीन तथा असद भाला र कबुवा मोरियाले समान दुई र दुई विकेट लिए । सिमो कमियानर्मन भानुवाले समान एक र एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको पपुवा न्युगिनीले ५० ओभरमा नौ विकेट गुमाएर दुई ४६ रन बनाएको थियोे । पपुवा न्युगिनी लागि सेसे बाउले ८१ रनको योगदान दिए भने किप्लीन डोरिगाले ५५ तथा हिरी हिरीले ७७ रन जोडे ।

युएईका लागि आयान खानले तीन विकेट लिए भने जुनेद सिद्धिकी र जाहोर खानले समान दुई र दुई विकेट लिए । कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान एक र एक विकेट लिए । 

विभिन्न सात राष्ट्र सम्मिलित विश्वकप लिग दुईमा पपुवा न्युगिनी ३४ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको अन्तिम स्थानमा रहेको छ । यस हारसँगै युएई ३३ खेलमा ३१ अंक जोडेर छैटौँ स्थानमा रहेको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : १६ बजे

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा

ट्रम्पद्वारा नेतान्याहूलाई माफी दिन राष्ट्रपति हर्जोगसँग आग्रह

एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट

पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवार दिइनेछ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का  महासचिव शंकर पोखरेलले पार्टी प्रवेश