प्रविधिको दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव « Khabarhub

प्रविधिको दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको बढ्दो प्रयोगसँगै दुरुपयोग नियन्त्रणका लागि नियमन गर्ने कानूनको अभाव रहेको  बताएकी छन् ।

महिला सुरक्षा दबाब समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नियमन गर्ने कानूनको अभावमा प्रविधिको दुरुपयोग रोक्न चुनौति रहेको बताइन्। उनले भनिन्, ‘नेपालमा  संसारमा बनेका सबै प्रविधि प्रयोग हुन्छन् तर त्यसको नियमन गर्ने कानून छैन ।’

आवश्यक नीति निर्माणका लागि मन्त्रालय लागिपरेको जानकारी दिँदै उनले भनिन्, ‘हामीले अहिले साइबर अपराध नियमनसम्बन्धी नीतिबारे मन्त्रालयमा छलफल गरिरहेका छौँ ।’ मन्त्री शर्माले प्रविधिको पहुँचसँगै दुरुपयोग बढ्दा महिला हिंसासमेत बढेको भन्दै सचेत रहन आग्रह गरिन्। उनले प्रविधिको निर्माणमा महिलाको सहभागिता हुन सकेमा मात्र प्रविधिलाई महिलामैत्री बनाउन सकिनेमा जोड दिइन् ।

‘हामी प्रविधि प्रयोग गर्छौँ तर त्यससम्बन्धी शिक्षा सबैलाई छैन । प्रविधिको दुरुपयोगले महिला हिंसा बढ्न नदिन डिजिटल शिक्षासम्बन्धी कार्यक्रमलाई व्यवहारिक बनाउन आवश्यक छ’, उनले भनिन्। 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : २६ बजे

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का