बुढानीलकण्ठ मन्दिरको पहिला गुरुयोजना बनाउँछौँ : मेयर अधिकारी « Khabarhub

बुढानीलकण्ठ मन्दिरको पहिला गुरुयोजना बनाउँछौँ : मेयर अधिकारी


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले बुढानीलकण्ठ मन्दिर व्यवस्थापन र पूर्वाधार विकासका लागि गुरुयोजना बनाउनैपर्ने बताएका छन् । मन्दिरको पूर्वाधार विकास र पुरातत्व मापदण्ड पूरा गरेर संरचना थप्नका लागि पहिला गुरुयोजना बनाएर मात्रै काम थाल्नुपर्ने उनको भनाई छ । 

नेपाल पर्यटन बोर्डको सहकार्य, बुढानीलकण्ठ नगरपालिकाको सहयोग र एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा बिहीबार बुढानीलकण्ठ मन्दिर परिसरमा भएको कार्यक्रममा बोल्दै मेयर अधिकारीले गुरुयोजना बनाएर मात्रै मन्दिरको व्यवस्थापन र पूर्वाधार विकास बलियो बन्ने बताएका हुन् ।

तर मन्दिर व्यवस्थापन समिति र गुठी संस्थानसँग सहकार्य गर्न चुनौतिपूर्ण रहेकाले गुरुयोजनाबारे आवश्यक छलफल, योजना र तयारी गर्न समय लागेको उनको भनाई छ । गुरुयोजना नभएसम्म मन्दिरको पुरातत्वलाई ध्यानमा राखेर आधुनिक व्यवस्थापन कठिन हुने पनि उनको भनाई छ ।

‘मन्दिर व्यवस्थापनका लागि सबैभन्दा पहिले गुरुयोजना तयार पार्नुपर्छ । त्यसका लागि नगरपालिकाले सोचिरहेको छ । हामीले तयारी अगाडि बढाएका छौँ’ मेयर अधिकारीले भने,  ‘गुरुयोजना तयार भएपछि त्यहीअनुसार बजेट र योजना कार्यान्वयन गर्नुपर्छ । तर गुठी संस्थानसँग सहकार्य नै जटिल भएकाले समय लागिरहेको छ ।’

उनका अनुसार नगरपालिकाले मन्दिरको सरसफाइ तथा व्यवस्थापनका लागि १० जना कर्मचारी खटाएको छ । नगरपालिकाले नै तलब व्यवस्थापन गर्ने गरि खटाइएका कर्मचारीले सरसफाइ र व्यवस्थापनको काम गरिरहेको मेयर अधिकारी बताउँछन् । 

मन्दिर व्यवस्थापनका लागि जग्गा अधिग्रहण गर्ने, भएको संरचना व्यवस्थित गर्ने र आगामी दिनमा त्यसको तयारीका लागि विशेष पहल थाल्ने र नगरपालिकाले नेतृत्व लिने योजना रहेको पनि मेयर अधिकारीले बताए ।

बूढानिलकण्ठको पर्यटन प्रवर्द्धनका लागि आगामी बैशाखमा बुढानीलकण्ठ मेला तथा महोत्सव गर्ने योजना रहेको र त्यही अनुसार तयारी भइरहेको पनि मेयर अधिकारीले बताए । बुढानीलकण्ठ मन्दिर विशेष र पुरातत्व तथा धार्मिक हिसाबले धेरै महत्वपूर्ण भएपनि त्यसलाई व्यवस्थापनमा सबैको सहयोग तथा सहकार्य जोड्न चुनौतिपूर्ण रहेको उनको भनाई थियो ।


मेयर अधिकारीले गुठी संस्थानसँग सहकार्य गरेर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मा नगरपालिका लिन तयार रहेको पनि बताए । ‘हामी मन्दिर सञ्चालन र व्यवस्थापन गर्न चाहन्छौँ’ मेयर अधिकारीले ‘यसका लागि गुठी संस्थानले पनि सहयोग गर्नुपर्छ । नगरपालिकाले मन्दिरको व्यवस्थापन गरेर थप पर्यटक ल्याउन आवश्यक सबै काम र पहल गर्छ । यो मेरो प्रतिबद्धता हो ।’

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ६ : ३८ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन