राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ « Khabarhub

राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाइ


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन्।

राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई सीलाई न्यानो अभिवादनसहित बधाइ व्यक्त गरेका छन् ।

चीनको नेशनल पिपुल्स कङ्ग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुनः पुग्नु भएका सीको उच्च प्रतिष्ठा रहेको र चीनको आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्दै देशको हितको रक्षा गर्ने विषयमा अन्तरराष्ट्रिय मञ्चमा उनले खेलेको भूमिकलाई पुनः पुष्टि गरेको पुटिनले उल्लेख गरे ।

रुसी पक्षले रुस–चीन बृहत्तर रणनीतिक साझेदारी सम्बन्धलाई थप सुदृढ गर्नका लागि राष्ट्रपति सीको योगदानको उच्च प्रशंसा गरेको छ । रुसी राष्ट्रपति पुटिनले दुवै पक्षको संयुक्त प्रयासबाट विभिन्न क्षेत्रमा रुस–चीन सहयोगले निरन्तरता पाउँदै आगामी दिनमा अझ फलदायी नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : २० बजे

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान