मनाङमा बेमौसमी हिमपातले किसान खुशी « Khabarhub

मनाङमा बेमौसमी हिमपातले किसान खुशी


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बुधबार मनाङको चामेमा बर्षकै पहिलो हिमपात भयो । तर नासो गाउँपालिकामा भने अहिलेसम्म हिमपात भएको छ।  फागुन अन्तिमतिर मनाङमा प्रायः हिउँ पर्दैन ।

गत असोजमै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्रमा परेको हिउँ जम्न पनि पाएन ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेका अनुसार यो सिजनमा सदरमुकाम चामेमा पहिलो पटक बुधवार हिमपात भयो । ‘विगतमा हिउँ परेर सडक नै अवरुद्ध भएर वारपार गर्न सकिँदैनथ्यो भन्ने सुनिन्थ्यो ।

यस वर्ष पुस माघमा हिउँ परेन । अहिले परेको हिउँ पनि सबै बिलायो,’ उनले भने । उनका अनुसार चामे गाउँपालिका–१ तिमाङ सम्म मात्रै हिमपात भयो । नासों गाउँपालिकाको मानव बस्तीमा यस वर्ष हिमपात भएन । ‘अहिले चिसो कम हुँदै र तापक्रम बढ्दै गएर पनि होला । हिउँ जमेको छैन । जमिनमा भने सिँचाइ भयो’ उनले भने । बेमौसमी हिमपातले किसान भने खुशी भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : ४६ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि