मनाङमा बेमौसमी हिमपातले किसान खुशी « Khabarhub

मनाङमा बेमौसमी हिमपातले किसान खुशी


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बुधबार मनाङको चामेमा बर्षकै पहिलो हिमपात भयो । तर नासो गाउँपालिकामा भने अहिलेसम्म हिमपात भएको छ।  फागुन अन्तिमतिर मनाङमा प्रायः हिउँ पर्दैन ।

गत असोजमै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्रमा परेको हिउँ जम्न पनि पाएन ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेका अनुसार यो सिजनमा सदरमुकाम चामेमा पहिलो पटक बुधवार हिमपात भयो । ‘विगतमा हिउँ परेर सडक नै अवरुद्ध भएर वारपार गर्न सकिँदैनथ्यो भन्ने सुनिन्थ्यो ।

यस वर्ष पुस माघमा हिउँ परेन । अहिले परेको हिउँ पनि सबै बिलायो,’ उनले भने । उनका अनुसार चामे गाउँपालिका–१ तिमाङ सम्म मात्रै हिमपात भयो । नासों गाउँपालिकाको मानव बस्तीमा यस वर्ष हिमपात भएन । ‘अहिले चिसो कम हुँदै र तापक्रम बढ्दै गएर पनि होला । हिउँ जमेको छैन । जमिनमा भने सिँचाइ भयो’ उनले भने । बेमौसमी हिमपातले किसान भने खुशी भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ११ : ४६ बजे

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज– लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना

अब देशमा कसैले गोली चलाउने हिम्मत गर्दैन : गृहमन्त्री गुरुङ

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले अब देशमा कसैले गोली चलाउने