बैतडीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियान सञ्चालन | Khabarhub Khabarhub

बैतडीमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियान सञ्चालन


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियान सञ्चालन गरिएको छ । यहाँका १० वटै स्थानीय तहमा खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए-नपाएको सुनिश्चित गर्नका लागि अभियान थालिएको हो ।  

हरेक स्थानीय तहमा घरधुरी सर्वेक्षणमार्फत खोप पाए-नपाएको सर्वेक्षण गरिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। यहाँ जन्मेदेखि पाँच वर्षमुनिका २५ हजार बालबालिका छन् । यी बालबालिकाको घरधुरी सर्वेक्षणपश्चात् खोप लगाउन छुटेका भेटिए खोपको दायरामा ल्याइने उनले बताए । 

तालिकाअनुसार खोप लगाउने उमेरसमूहका सबै बालबालिकाले खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिनेछ । पूर्ण खोप सुनिश्चित र दिगोपनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले हाल प्रत्येक पालिकामा जनप्रतिनिधि र सरोकारवालासँग अन्तरक्रियात्मक छलफलसमेत गर्ने गरिएको प्रमुख भट्टले जानकारी दिए।

जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न १३ रोगविरुद्धका नौ खोप दिने गरिएको छ । हरेक स्वास्थ्य संस्था र खोप क्लिनिकमा तालिकाअनुसार खोप दिने गरिएकामा छुटेका भए यस अभियानमा दिने बताइएको छ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गरिने छ ।

आगामी वैशाखलाई ‘खोप महिना’ का रुपमा मनाउने र त्यो बेला पालिका र जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विसं २०७२ असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ४ : १० बजे

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका

नख्खु जेलबाट निस्किए संजय टकला

काठमाडौं – जेनजी आन्दोलनका क्रममा नख्खु जेलमा पुगेको भिडले पूर्वराज्यमन्त्री

पशुपतिनाथमा अराजक समूहद्वारा तोडफोडको प्रयासपछि खटियो सेना

काठमाडौं – पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाट गर्न

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

कञ्चनपुर – आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि

जेन-जी प्रदर्शनको आडमा बैङ्क लुटपाट सुरु

काठमाडौँ – दुई दिनदेखि जारी जेन-जी प्रदर्शनको आडमा लुटेरा समूहले