उपत्यकाको एकीकृत विकासका लागि फोरम गठन « Khabarhub

उपत्यकाको एकीकृत विकासका लागि फोरम गठन


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकाको एकीकृत विकास गर्नका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको संयोजकत्वमा उपत्यका प्रमुख प्रशासकीय अधिकृत फोरम गठन भएको छ ।

अन्तरपालिका सम्बन्ध, साझा कार्यक्रम, सहयोग र समन्वय सिकाइ, भोगाइ र अनुभव आदान-प्रदान गर्ने उद्देश्यले फोरम गठन गरिएको हो । फोरममा सार्वजनिक महत्वका विषयमा समान धारणा निर्माण गर्ने, जनप्रतिनिधिबाट तर्जुमा भएका नीतिगत निर्णयमा समान बुझाइ बनाएर उपत्यका एकीकृत विकासमा काम गर्ने विषयमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।

उक्त फोरमले विशेषगरी उपत्यकाको सामुदायिक कुकुर र छाडा चौपाया व्यवस्थापन, डेङ्गीलगायत महामारी नियन्त्रण, वातावरणीय सुधार, ल्याण्डफिल साइटमा कमभन्दा कम फोहर लैजाने प्रणालीको विकास, सहरी उज्यालो, नदी व्यवस्थापन, सडक सञ्जालको प्रयोग, सार्वजनिक यातायात प्रणालीका विषयमा समेत सामूहिकरूपमा काम गर्ने छ ।

त्यसैगरी एकीकृत विद्युतीय सेवा सञ्चालनमा ल्याइएको, खरिद मूल्याङ्कन अधिकार विभाग र वडालाई दिइएको, आन्तरिक नियन्त्रण प्रणाली विकास गरिएको, वडाहरूको कार्यसम्पादन अनुगमन सूचक तयार पारिएको जस्ता कामलाई सिकाइका रूपमा अन्य पालिकामा विस्तार गरिने छ ।

फोरमले सामुदायिक विद्यालयहरूको सुधारका लागि प्रोफाइल तयार पारिएको, सहरी स्वास्थ्य क्लिनिकलाई स्तरोन्नति गरेर स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा रूपान्तरण प्रक्रिया सुरु गर्नेछ । विशेषज्ञ स्वास्थ्य सेवासहितका यी केन्द्र सञ्चालनमा  सार्वजनिक सामाजिक उत्तरदायित्वको ढाँचा अवलम्बन गरिने उनले बताए।

राजस्वको दर एउटै हुनुपर्ने, फोहरमैला व्यवस्थापनमा एउटै ढाँचाको कार्यक्रम चलाउनुपर्ने, पार्किङको मापदण्ड समान बनाउनुपर्ने विषय पनि फोरममा छलफल हुनेछ । साझा कार्यक्रमका विषयमा सिमाना जोडिएका नगरहरूका समान मापदण्ड बनाउन सके सेवाग्राहीमा सेवा सन्तुष्टि दिन सकिनेमा पनि छलफल अघि बढाइने अधिकारीले जानकारी दिए ।

कामपाको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको संयोजकत्वमा फोरम गठन भएको भए पनि अन्य सबै नगरपालिकाको प्रशासकीय प्रमुखहरू फोरमको सदस्यका रूपमा रहनेछन् । हाल उपत्यकामा दुई महानगरपालिकासहित १६ नगरपालिका छन्  ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : ४९ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको