'ए' डिभिजन लिग : संकटाको पहिलो जित | Khabarhub Khabarhub

‘ए’ डिभिजन लिग : संकटाको पहिलो जित


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीमा जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा संकटाले पहिलो जित निकालेको छ ।

च्यासल मैदानमा शनिबार नेपाल पुलिस क्लबलाई ३–० गोल अन्तरले हराउँदै संकटाले पहिलो जित निकालेको हो । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक एक गोल गरे । संकटाका लागि पहिलो गोल खेलको १२ औं मिनेटमा गणेशले गरेका थिए भने खेलको ८० औं मिनेटमा रोशनले दोश्रो र ८६ औं मिनेटमाा सुरजले गोल गरेका थिए । जितसँगै संकटाले ३ खेलमा ४ अंक जोडेको छ । पुलिसको यो लगातार तेस्रो हार हो । पुलिसले ३ खेलमा अंक जोड्न सकेको छैन ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा एपीएफ क्लब र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । यस बराबरीसँगै एपीएफले ३ खेलमा ४ अंक जोडेको छ । जावलाखेल अपराजित रहदै ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ८ : ४५ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले