दलित समुदायमाथि भेदभाव गर्ने अध्यक्षलाई कारबाही गर्न माग « Khabarhub

दलित समुदायमाथि भेदभाव गर्ने अध्यक्षलाई कारबाही गर्न माग


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सिरहा – सिराहामा दलित समुदायमाथि अपमानित व्यहार गरेको विरुद्धमा भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गर्दै सिराहाको गोलबजारमा प्रदर्शन गरेका छन्। दलितमाथि सार्बजनिक स्थानमा छोईछिट्टोको व्याबहार गरिनु कानुनी रुपमा अपराध भएको भन्दै मोर्चाले गाउँ पालिका अध्यक्षलाई कारबाहीको माग गरेका हुन्।

कोणसभामा मोर्चाका प्रदेश संयोजक शिवकुमार महराले कानुनको रक्षा गर्ने, कार्यान्वयन नगर्ने व्यक्ति र संस्थाहरु नै दलितमाथि विभेद गर्न उद्देलित भएको बताए। उनले भने, ‘कानुन निर्माता र कार्यान्वयन गर्ने व्यक्तिहरुको यस्तै रबैया रहिरहेमा दलितहरु फेरी आन्दोलित हुनुपर्ने देखिन्छ, भगवानपुर घटनाको छानविन गरी दोषिलाई कारबाही नगरे हामी आन्दोलनलाई निरन्तरता दिन्छौं।’

सोही क्रममा पूर्व जिल्ला समन्वय समिति सिरहाका सदस्य तथा अधिकारकर्मी कृष्णमाया विकले दलितहरु फेरी कानुन कार्यान्वयनको लागि एकजुट हुनुपर्ने अवस्था आएको बताए। आज पनि दलितमाथि विभिन्न खालका बिभेद भई रहेको जनाउँदै कानुन कार्यान्वयन गर्न पनि दलितले आन्दोलन गर्नुपर्ने अवस्था आएको अधिकारकर्मी विकले बताए।

पत्रकार तथा अधिकारकर्मी अर्जुन थपलियाले भागवानपुर घटना मेलमिलाप गर्ने खालको नभएको बताए। उनले भने, ‘यो घटना ६० लाख दलितहरु प्रतिको अपमान हो, सामाजिक मेलमिलापको विषय होइन, कानुनी निरुपणको विषय हो। घटनाको विषयमा छानविन गरी दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्छ।’

नेकपा एमालेका जिल्ला सचिव समेत रहेका भगवानपुर गाउँपालिका अध्यक्ष यादवले फागुन २२ गते सोमबार आमाको मृत्युको १३ दिने भोजको आयोजना गरेका थिए। त्यही भोजमा दलित, गैरदलित र मुस्लिम समुदायलाई प्लेकार्ड र ब्यानार राखेर छुट्टाछुट्टै भोजको आयोजना गरिएको थियो।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ९ : ४५ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार