आईसीसी विश्वकप लिग-२ : टियु मैदानमा आज नेपाल र युएई खेल्दै « Khabarhub

आईसीसी विश्वकप लिग-२ : टियु मैदानमा आज नेपाल र युएई खेल्दै


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज नेपालले यूएईसँग खेल्दैछ।

लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईको सामना गर्न लागेको हो। खेल कीर्तिपुरस्थित टियु मैदानमा आइतबार बिहान ९ बजे सुरु हुनेछ।

त्रिकोणात्मक सिरिज अन्तर्ग पहिलो खेलमा पपुवा न्यु गिनी (पीएनजींलाई पराजित गरेको नेपाल आज जितको लक्ष्यसहित मैदानमा उत्रिने छ।

विश्वकप लिग-२ को शीर्ष तीन टिममा रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपालले जित्नै पर्ने दबाब छ। बाँकी तीन खेलमा विजयी भए मात्र नेपालले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ। नेपाल एक खेल अगाबै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायमै राख्न चाहन्छ। त्यसका लागि आजको जित आवश्यक हुन्छ।

लिग-२ मा नेपालले ३६ खेल खेल्न पाउने छ। ३३ खेल खेलिसकेको नेपालले १६ जित र १५ मा हार खाएको छ। नेपालले ३४ अंक जोडेको छ।

यूएई भने ३३ खेलमा १४ खेलमा जित तथा १६ खेलमा हार खाएर ३१ अंक जोड्न सफल छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ६ : ३२ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति