नेपाललाई विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले जनही एक लाख दिने | Khabarhub Khabarhub

नेपाललाई विश्वकप पुर्याउने क्रिकेटरलाई सुदूरपश्चिम सरकारले जनही एक लाख दिने


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यू–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका क्रिकेटरहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।

हालै युएईमा सम्पन्न एसिया छनोटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिस्तरीय निर्णयबाट उक्त टोलीमा प्रतिनिधित्व गरेका पाँच खेलाडी जनही एक लाख र चार टोली अफिसियललाई जनही ५० हजार दिने घोषणा गरेको हो ।

नेपाली यू–१९ क्रिकेट टोलीमा सुदूरपश्चिमका दीपक बोहरा, दीपक बोहरा बी, मिलन बोहरा, हेमन्त धामी र आकाश चन्द रहेका थिए । यस्तै, टोली अफिसियलमा मुख्य प्रशिक्षक जगत टमटा, सहायक प्रशिक्षक धिरेन्द्र चन्द, व्यवस्थापक विक्रम विष्ट र फिजियो पुरन तिरुवा रहेका थिए ।

नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको विशेष पहलमा सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार दिने घोषणा गरेको हो । चन्दको सुदूरपश्चिम गृह प्रदेश पनि हो ।

प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेकामा खुसी व्यक्त गर्दै यो प्रोत्साहनले अगामी दिनमा पनि क्रिकेट लागिरहन हौसला मिलेको खेलाडी दीपक बोहराले बताए । सुदूरपश्चिम प्रदेश सरकारले खेलाडी र टोली अफिसियललाई पुरस्कार दिने घोषणा गर्ने कार्य निकै सराहनीय रहेको क्रिकेट सङ्घका अध्यक्ष चन्दको भनाइ छ ।

अन्य प्रदेशले पनि सुदूरपश्चिम सरकारको सिको गरेर खेल र खेलाडीप्रति सम्मान गर्न आग्रह गरिएको छ । पुरस्कारले खेलाडीलाई खेलप्रति लागिरहन हौसला मिल्ने चन्दले बताउनुभयो । विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट सङ्घ क्यानले जनही रु एक लाखको पुरस्कार दिने घोषणासमेत गरेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ९ : ४७ बजे

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका

नख्खु जेलबाट निस्किए संजय टकला

काठमाडौं – जेनजी आन्दोलनका क्रममा नख्खु जेलमा पुगेको भिडले पूर्वराज्यमन्त्री

पशुपतिनाथमा अराजक समूहद्वारा तोडफोडको प्रयासपछि खटियो सेना

काठमाडौं – पशुपतिनाथ मन्दिरमा अराजक समूहले तोडफोड र लुटपाट गर्न

कञ्चनपुरमा कहाँ कहाँ तोडफोड र आगजनी भयो ?

कञ्चनपुर – आन्दोलनकारीहरूले कञ्चनपुर सदरमुकाममा महेन्द्रनगरमा सत्तारुढ कांग्रेस एमालेका जनप्रतिनिधि