मदिराजन्य पदार्थका विज्ञापन हटाउन सञ्चारमाध्यमलाई निर्देशन « Khabarhub

मदिराजन्य पदार्थका विज्ञापन हटाउन सञ्चारमाध्यमलाई निर्देशन


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विज्ञापन बोर्डले मदिराजन्य पदार्थका विज्ञापन तत्काल हटाउन सञ्चारमाध्यमलाई निर्देशन दिएको छ । बोर्डले आज विज्ञप्ति जारी गरी कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्न÷नगराउन निर्देशन दिएको हो । सर्वोच्च अदालतले गत फागुन ११ गते नै कुनै पनि सञ्चारमाध्यमबाट मदिराको विज्ञापन नगर्न, नगराउन भनिसकेको बोर्डको भनाइ छ ।

‘विज्ञापन बोर्डको फागुन २६ गते बसेको बैठकले विज्ञापनदाता, विज्ञापन एजेन्सी, छापा, विद्युतीय, डिजिटल माध्यमका साथै सामाजिक सञ्जालबाट समेत मादक पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न, नगराउन निर्देशन जारी गर्ने निर्णय भएकाले कुनै पनि सञ्चारमाध्यमबाट अब उप्रान्त मदिराको विज्ञापन नगर्नु÷नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

बोर्डले बाह्य विज्ञापन (होर्डिङ्ग बोर्ड) मा समेत मदिराको विज्ञापन गर्न नपाइने जनाउँदै त्यस्ता विज्ञापन तत्काल हटाउन विज्ञापनदाता, विज्ञापन एजेन्सीका साथै स्थानीय तहलाई समेत अनुरोध गरेको छ ।

कोही कसैबाट त्यस प्रकारको विज्ञापन प्रकाशन तथा प्रसारण भएको पाइएका विज्ञापनदाता, विज्ञापन एजेन्स तथा सञ्चारमाध्यमलाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा जनस्वास्थ्य सेवा ऐन, २०७५ का साथै प्रचलित कानुनबमोजिम कारबाही हुने पनि वोर्डले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : ४१ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा