इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात सम्झौतामा हस्ताक्षर « Khabarhub

इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात सम्झौतामा हस्ताक्षर


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौतामा हस्ताक्षर भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

इरानी राष्ट्रपति इब्राहिम रायसी उनका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्कोले इरानको राजधानी तेहरानमा आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै देशका राष्ट्रपतिको उपस्थितिमा प्रत्यर्पण सम्झौतालगायत आपसी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा उल्लेख छ ।

हस्ताक्षर समारोहपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति राइसीले आफ्ना बेलारुसी समकक्षीको इरान भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा नयाँ आयाम थपिएको बताए ।

उनले पश्चिमा मुलुकको प्रतिबन्ध र धम्कीका बाबजुद पनि इरानले प्रतिकूल परिस्थितिलाई अवसरमा परिणत गर्दै प्रगतिको दिशामा अघि बढाउन सफलता मिलेको बताए । साथै उनले आफ्ना अनुभव बेलारुससँग आदानप्रदान गर्न इरान तत्पर रहेको समेत बताए ।

इरान र बेलारुस एकपक्षीयताको विरुद्धमा रहेको इरानी राष्ट्रपतिको भनाइ छ । स्वतन्त्र देशहरूबीचको प्रभावकारी एवम् रचनात्मक सम्बन्धबाटै प्रतिबन्धलाई परास्त गर्न सकिने विचार व्यक्त गर्दै इरानी राष्ट्रपतिले सहकार्य र साझेदारीमा जोड दिए । बेलारुसका राष्ट्रपति लुकासेन्को उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार तेहरान पुगेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १ : ३६ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण