राजनीतिमा १० रेक्टरको भूकम्प गए मात्र अर्थतन्त्र सुध्रिन्छ | Khabarhub Khabarhub

राजनीतिमा १० रेक्टरको भूकम्प गए मात्र अर्थतन्त्र सुध्रिन्छ

तीन तहका सरकारको औचित्य पुष्टि हुन सकेन


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मंसिर ४ को निर्वाचनको वरपर राजनीतिक दलले विगतको गल्ती कमी कमजोरी सच्याउँदै अब भने साँचो अर्थमा राष्ट्र र जनताको पक्षमा राजनीति गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पुस १० को एउटा समीकरण परिवर्तन र फागुन १२ को समीकरण परिवर्तनका मात्र उदाहरणलाई हेर्ने हो भने फेरि पनि धोकाधडी प्रतिसोधको राजनीति सुरु भइसकेको छ । राष्ट्र र जनताको समस्या एकातिर राजनीतिको चासो र चिन्ता अर्को तिर भइराखेको छ । यो समस्या समाधानको उपाय के हुनसक्छ ? यसै विषयमा आधारित रहेर पूर्व सचिव एवम् राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटासँग सुशील पाण्डेले गरेको कुराकानी सम्पादित अंश ः

देशको अहिलेको स्थिति र त्यसको परिणाम के देख्नु हुन्छ ?
अहिलेको देशको स्थितिमा नेताहरूको लापरबाही देखिएको छ। मुलुकको अर्थतन्त्र एक प्रकारले तहसनहस भएको छ । कोभिडको कारणले पनि अर्थतन्त्रलाई असर परेको छ। समाजवादी अर्थतन्त्रको विकास गर्न सक्नुपर्छ । तर हाम्रो देशको राजनीतिमा १० रेक्टरको भूकम्प नै जानुपर्छ तब मात्र विकास होला । जुन सिद्धान्त राजनीतिमा प्रयोग गरियो त्यसले काम गरेन ।

यो अवस्थामा अझ उन्नत खालको लोकतन्त्र समुन्नत खालको गणतन्त्र होला कि के हो ?
अहिले प्रतिनिधि सभाबाट प्रधानमन्त्री छानिने पद्धति छ । त्यसको सट्टा जनताबाट नै प्रधानमन्त्री छान्ने राजनीतिक प्रणालीमा जानुपर्ने देखिएको छ । यो पद्धति असफल भएको देखिन्छ । तीन तहको सरकारको प्रभावकारीता नभएकाले दुई तहमा जानुपर्छ कि भन्ने पनि देखिएको छ ।
राजनीतिक उथलपुथल र भिडन्त के का निम्ति भइरहेको छ ?
जति दल मिले पनि मुख्य कुरा भनेको देश र जनताको हितमा काम गर्नु हो । अहिलेको अवस्थामा मुलुकको आर्थिक समृद्धि कसरी गर्न सकिन्छ । वैदेशिक रोजगारमा ३५ लाख युवा गइराखेका छन् । तिनलाई देश भित्र नै स्वरोजगार कसरी प्राप्त गर्न सकिन्छ । नेपालमा प्रति वर्ष १ करोड मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । तर नेपालमा दुई करोड मेट्रिक टन खाद्यान्न कसरी उत्पादन हुन्छ त्यस बारेमा ख्याल गर्नुपर्छ । हस्तकलाका सामान बाहिरी देशमा बिक्री भइरहेको छ । त्यसबाट पैसा आइरहेको छ । त्यसलाई डबल तेब्बर कसरी गर्न सकिन्छ । नेपाललाई हिमालबाट कसरी आम्दानी गर्न सकिन्छ यस्ता र अन्य पक्ष पनि रहेका छन् । त्यसको सकारात्मक विकास कुन तरिकाबाट अगाडि बढाउन सकिएला भनेर दलले चिन्ता व्यक्त गर्दिए हुने थियो । तर अन्य पक्षमा मात्र तँछाडमछाड भएको छ । जनतालाई कसरी अगाडि बढाउने भन्ने तर्फ प्रेरित भएमा धेरै विकास तथा देशको स्तरमा विकास हुनुपर्छ जस्तो लाग्छ ।

केही नयाँ आएका दलबाट सकारात्मक काम होला जस्तो देखिएको छ ?
मुख्य कुरा आशावादी नै भइएन भने निराशामा जाने भइयो । राजनीतिक दलमा जनताले भोटिङ गर्छन् । त्यसमा आएको भोट गणना गर्दा के कति मत आउँछ, त्यो सबैले मान्नु नै पर्छ । राजनीति तरल हुनसक्छ । त्यसले अर्थतन्त्रलाई तरल हुन दिँदैन । जनताको सेवा प्रभावमा तरलता हुन दिँदैन । बाह्य लगानीकर्ता जो आउँछन् त्यसमा कुनै तरलता आउँदैन । जनताले गरी खाने मेलोमेसोलाई राजनीतिले रोक्नु हुँदैन ।

हाम्रो राजनीतिको पद्धतिले नै गरिखाने मेलोमेसोको तयारी भएको छैन किन ?
वास्तवमा दल कृषकलाई उठाउने दल हुनुपथ्र्यो । नेपालमा कृषि उत्पादन गर्न यो दल छ भन्ने हुन्थ्यो । फलानो दल उत्पादन मूलक रहेको छ भन्ने किसिमले प्रभाव आउन सक्थ्यो । यहाँ रहेका प्रदेशलाई एक अर्कोको परिपूरक बनाउन पाएको भए हुने थियो । त्यो नै हुन सकेन । सबै प्रदेश तथा ७५३ वटा पालिका पनि उस्तै हुने भए । राम्रो पक्षको रूपमा देशको विकास हुने थियो जस्तो लाग्छ । हाम्रो लागि एउटा पालिका अंगुर फल्ने अर्को पालिका पुरै धानै धान फल्ने हुनु आवश्यक थियो । यसले पक्कै पनि विकास भएको भान हुने थियो । अन्य पक्ष तथा सम्भावना युक्त र आर्थिक पक्षलाई जोडेर लैजानु पर्ने हो । तर राजनीतिक दलहरूको चासो देखिँदैन । त्यसमा नै नेताहरू चुक्न पुगेका हुन । (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी) प्रस्तुति : कुसुम गौतम

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ११ : ४० बजे

जाभीलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी

काठमाडौं– स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नान्डेजलाई बर्खास्त गर्ने तयारी

डायलायसिस सेन्टर स्थापनामा एक करोड बढी सहयोग

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा

म्याग्दीका विद्यार्थीलाई पढाइसँगै सीप

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छौँ,

प्रधानमन्त्रीले आज कांग्रेस नेताहरूसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग

सिजनको अन्तिम खेलमा मुम्बई पराजित : १८ रनको जितले लखनउ प्लेअफ पुग्न असफल

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा