‘हजार जुनीसम्म’ को गीतमा आर्यन र दीपाश्रीको ठुम्का (भिडियो) « Khabarhub

‘हजार जुनीसम्म’ को गीतमा आर्यन र दीपाश्रीको ठुम्का (भिडियो)


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विकासराज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ मा समावेश गीत ‘आज नगद भोलि उधारो’ सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको गीतमा एकनारायण भण्डारीका शब्द छन् । लोकशैलीको गीतमा बसन्त सापकोटाको संगीत छ भने प्रल्हाद तिमल्सिना र मीना निरौलाको स्वर सुन्न सकिन्छ ।

गीतको भिडियोमा आर्यन सिग्देल र शिवहरि पौडेलले दीपाश्री निरौलासँग रोमान्स गरेका छन् । यस्तै गीतमा स्वस्तिमा खड्का, अखिलेस प्रधान, उत्तम प्रधान लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । रोमान्टिक लाग्ने भिडियोमा दीपाश्री निरौलाले भट्टीवाली साहुनीको भूमिका निभाएकी छिन् ।

आउँदो भदौ ६ गतेलाई रिलिज मिति तय गरेको यो फिल्ममा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेस प्रधान, उत्तम प्रधान सलोन बस्नेत, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय छ ।

फिल्मको कथा विशाल चाम्लिङले लेखेका हुन् भने सामीप्यराज तिमिल्सेना र निर्देशक आचार्यले फिल्मको पटकथा र संवाद तयार पारेका हुन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ४ : ५४ बजे

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला