पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु | Khabarhub Khabarhub

पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा तेस्रो रेवान कप टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल(रेवान) पोखराको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको रेवान पोखराका गोपीबहादुर भट्टराईले जानकारी दिए । 

आज भट्टराईले प्रतियोगिताका निर्देशक शक्ति शर्मालाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरे । उद्घाटन खेलमा माधव भण्डारीले नारायण पहारीलाई ६–७, ६–०सुपरटाईमा १०–२ ले पराजित गरे ।  खेलको पहिलो सेट हारेका भण्डारीले खेलमा कमब्याक गर्दै दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पारेका हुन् । अर्को खेलमा आयोजक सङ्घका उपाध्यक्षसमेत रहेका नवीन चालिसेले अक्क्ष थापालाई ६–२, ६–० को सेटमा पराजित गरे ।

 त्यस्तै अन्य खेलमा कर्ण तामाङले पदम गुरुङ (लेकसाइड) लाई ६-२, ६-१ ले, पदम गुरुङ (नदीपुर) ले वीरेन्द्र लामालाई ६-४, ५-७सुपरटाईमा १०-३ ले, विकाश गुरुङ (हङकङ) ले इन्द्र गुरुङ (चाउथे)लाई ६-०, ६-१ ले तथा लक्ष्मण तामाङले अमृत कार्कीलाई ७-६, ६-३ ले पराजित गरे ।

त्यस्तै विनोद कायस्थले केवि तामाङलाई ६-२, ६-० ले, अनुज कुमार बाँस्तोलाले दुर्गा सुनारलाई ६-१, ६-० ले शरण गुरुङले लोक गुरुङलाई ६-१, ६-४ ले, उज्वल तज्याले सिरोज कोइरालालाई ६-३, ६-१ ले पराजित गर्दै दोस्रोचरणमा स्थान बताए । यसअघि नवप्रवेशीतर्फको फाइनलमा दुर्गा सुनारले सिरोज कोइरालाई ६-२, ६-२को सेटमा पराजित गर्दै विजेता बनेका थिए ।

प्रतियोगिताको उद्घाटनमा कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोक गुरुङले कास्कीमा टेनिस गतिविधिलाई चलायमान बनाउन तथा नयाँ खेलाडीलाई टेनिसतर्फ आकर्षित गर्न प्रतियोगिता महत्वपूर्ण रहेको बताए । रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले पोखरामा खेल पर्यटन विकासका लागि रेवानले वर्षेनि यो प्रतियोगिता गर्दै आएको जानकारी दिए ।

चैत ५ सम्म सञ्चालन हुने प्रतियोगितामा सिङ्गलतर्फ ३२ र डबल्सतर्फ १६ टीमले भाग लिएका छन् । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजारसहित ट्रफी तथा द्वितीय हुने खेलाडीले नगद पाँच हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : ३५ बजे

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

काठमाडौँ – सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले

सेनाको गेटमा जेन-जीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला (तस्बिरहरू)

काठमाडौँ- पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर

कांग्रेस लुम्बिनीले भन्यो- पार्टी नेतृत्व जवाफदेही र लोकतान्त्रिक हुनु पर्‍यो

काठमाडौँ– नेपाली कांग्रेस लुम्बिनीले मुलुकमा पछिल्लो विकसित घटनाक्रमले पार्टी नेतृत्व

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र