बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले गत पुस २४ गते ३६ लाख ८८ हजार रुपैयाँ बिगो र उत्तिनै रकम जरिवाना तथा १ लाख ४७ हजार ५ सय २० रुपैयाँ राहत कोषमा जम्मा गराई आठ दिन कैद हुने ठहर गरेपनि हालसम्म फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ जिल्ला गंगा जमुना गाउँपालिका वडा नं ६ हाल काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं ६ खड्क भद्रकाली बस्ने ५० वर्षका पुरनबहादुर घले रहेको प्रहरीले जनाएको छ । उनलाई आज बिहान अन्दाजी ७ बजे खड्क भद्रकालीबाट नै पक्राउ गरिएको हो ।

हाल उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पठाइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ५ : २५ बजे

सप्तरीमा हराइरहेकी तीन वर्षीया बालिका झाडीमा मृत भेटिइन्

काठमाडौं– सप्तरीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स– ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने

पर्यटन प्रवर्द्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौं– नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड

विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ