महोत्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु « Khabarhub

महोत्तरीमा आगलागी हुँदा एक जनाको मृत्यु


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरीको वल्वास्थित परौल टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अरु एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ५० वर्षीया चन्दनदेवि यादव रहेको प्रहरीले जनाएको छ । घटनामा सोही स्थानका ५२ वर्षीय जयकरण यादव घाइते भएका छन् ।

स्थानीय रामसागर यादवको घरमा लागेको आगोमा परी घाइते भएका दुवै जनालाइ स्थानीय र प्रहरीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल जनकपुर पुर्‍याएका थिए ।

घाइते मध्य चन्दनदेविको उपचारको क्रममा मृत्यु भएको हो । जयकरण यादवलाइ थप उपचारको लागि काठमाडौं लगिएको छ ।

भान्साबाट एक्कासी लागेको आगलागीका कारण रामसागर यादवको घरमा झण्डै ८० हजार बरावरको क्षतिसमेत भएको छ । यादवको घरभित्र राखेको भाडाकुडा र लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : १७ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत