लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु « Khabarhub

लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको खजुराबजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक-पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधबारदेखि काम सुरु गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिए । 

सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नु परेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताए । विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो । 

निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण सम्पन्न हुनसकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी रू २२ करोडको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । 

विसं २०७८ चैत ३० मा पहिलो पटक म्याद गरिएको थियो । जसमा २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए । 

उनका अनुसार, निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब रु १८ करोड भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपिरहेको छ । 

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  २ : १७ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो