‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब शीर्षस्थानमा « Khabarhub

‘ए’ डिभिजन लिग फुटबल : सातदोबाटो युथ क्लब शीर्षस्थानमा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सातदोबाटो युथ क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।

च्यासल खेलमैदानमा आज भएको खेलमा एफसी खुमलटारलाई २–१ गोलअन्तरले हराउँदै सातदोबाटो शीर्षस्थानमा उक्लिएको हो । सातदोबाटोको जितमा दीपकसिंह ठकुरी र सर्डोरबेक मतमुरातोभले एक–एक गोल गरे ।

यता खुमलटारका लागि राजीव लोप्चनले एक गोल फर्काए । खेलको १३औँ मिनेटमा सर्डोरबेकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए । खेलको २५औँ मिनेटमा दीपकले गोल गर्दा सातदोबाटो २–० ले अघि रह्यो । त्यसपछि खेलको ६३औँ मिनेटमा खुमलटारका राजीवले एक गोल फर्काए पनि सातदोबाटो विजयी भयो ।

सातदोबाटोले पाँच खेलमा १२ अंक जोडेको छ । समान पाँच खेल नै खेलेको खुमलटारको छ अंक छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ७ : ५६ बजे

पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस् : सभापति थापा

बाँके – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद यथावत् राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्माको पद

युनेस्कोबाट जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनालाई अवार्ड अफ मेरिट

ललितपुर– ललितपुरस्थित जेष्ठ वर्ण महाविहार संरक्षण परियोजनाले सन् २०२५ का

चुन्न र सुलभको चुनौती झेल्दै विष्णु, एमालेको पकड क्षेत्रमा कस्तो आउला नतिजा ?

काठमाडौं- नेकपा एमालेभित्र छुट्टै गुट चलाउने कोसिसमा रहेका उपाध्यक्ष विष्णु