इराकमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु « Khabarhub

इराकमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको क्षेत्रीय आतङ्कवाद प्रतिरोधी निकाय (सीटीएस)ले बिहीबार जनाएको छ । युरोकोप्टर एएस ३५० हेलिकप्टर दुहोक प्रान्तको एक गाउँ नजिकै बुधबार राति ८ः४० बजे दुर्घटनाग्रस्त भएको कुर्दिश सीटीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नाम नबताउने शर्तमा कुर्दिश सुरक्षा स्रोतले भनेको छ, “हेलिकप्टरभित्र भएको विस्फोटका कारण विमान दुर्घटना भएको र विमानमा रहेका सात जनाको मृत्यु भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ । स्रोतका अनुसार हेलिकप्टर तेल खानी नजिकै दुर्घटनाग्रस्त भएको थियो, जसलाई घटनाले कुनै असर गरेको थिएन ।

कुर्दिश सीटीएसको वक्तव्यअनुसार इराकी सरकार, अमेरिकी नेतृत्वको गठबन्धन र टर्की सरकारले हेलिकप्टरको स्वामित्व अस्वीकार गरेका छन् । कुर्दिश सुरक्षा बलले हेलिकप्टरको स्वामित्वबारे अनुसन्धान सुरु गरेको र मृतकमध्ये केही कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) का लडाकू रहेको विज्ञप्तिमा उल्लेख छ ।

पिकेकेलाई टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घद्वारा आतङ्कवादी सङ्गठनको रूपमा सूचीबद्ध गरिएको छ । टर्कीको सेनाले उत्तरी इराक, विशेष गरी पिकेकेको मुख्य आधार कान्दिल पर्वतमा अक्सर स्थलगत अभियान, हवाई आक्रमण र तोप बमबारी गर्दै आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ८ : ३७ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर