पाकिस्तानी पूर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुँदै | Khabarhub Khabarhub

पाकिस्तानी पूर्व प्रधानमन्त्री खान आज अदालतमा हाजिर हुँदै


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान आज अदालतमा हाजिर हुने भएका छन्।

तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।

अदालतले उनलाई  १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता गर्दै आएका थिए । जसका कारण मुद्दाको सुनुवाइ गर्ने ठाउँ परिवर्तन भएको छ भने सुनुवाइ इस्लामाबादको अदालतको सट्टा अब न्यायिक कम्प्लेक्समा हुनेछ। अदालतले उनलाई चैत २८ गतेसम्म जमानत दिएको छ।

उपहार पाएको सामग्री गैरकानुनीरुपमा बिक्री गरेको तथा महिला न्यायाधीशमाथि गैर न्यायिक टिप्पणी गरेको अभियोग उनीमाथि छ ।

गत साता उनलाई पक्राउ गर्ने प्रयास भए पछि समर्थकहरुले प्रतिवाद गरेका थिए । सो प्रतिवादमा भएको झडपमा दर्जनौँ घाइते भएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १० : २५ बजे

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको

पोल्यान्डको सीमा नीति असन्तुलित : रूस

मस्को- रूसले पोल्यान्डलाई बेलारुससँगको सीमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न

गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना

पाँच दिनदेखि शवको पखाईमा परिवार

राँझा– जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी