साल्पासिलिछो गाउँपालिकाले पञ्चवर्षे योजना निर्माण गर्ने « Khabarhub

साल्पासिलिछो गाउँपालिकाले पञ्चवर्षे योजना निर्माण गर्ने


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– यहाँको साल्पासिलिछो गाउँपालिकाले सञ्चालन गर्ने योजना तथा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले पञ्चवर्षे योजना निर्माण गर्ने भएको छ । पालिकाले सञ्चालन गर्ने कार्यक्रमलाई सफल बनाउनका साथै विकासमा साझा धारणा बनाउनका लागि पञ्चवर्षे योजना निर्माण गर्न लागिएको हो ।

स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न क्षेत्रका विज्ञबाट आएका सल्लाह सुझाव तथा परामर्शका आधारमा आवधिक पञ्चवर्षे योजना निर्माण थालिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए। पालिकाका सबै क्षेत्रका विज्ञ तथा स्थानीय नागरिकसँग छलफल गरी योजना निर्माण गर्न लागिएको उनले बताए ।

‘पालिकाले उपलब्ध गराउने सेवालाई प्रभावकारी एवं जनमुखी बनाउन दीर्घकालीन योजना आवश्यक छ’, अध्यक्ष कुलुङले भने, ‘यहाँको विकासमा सबैको साझा धारणा निर्माण गर्दै अबको पाँच वर्षमा पालिकालाई कस्तो बनाउने भन्ने खाका तयार गरेर काममा जुट्ने योजनामा छौँ ।’ भौगोलिक रूपमा विकट मानिएको साल्पासिलिछो प्राकृतिक स्रोतको उपलब्धता राम्रो भए पनि सदुपयोग हुन नसकेको उनको भनाइ  छ । यहाँको सडक, विद्युत्, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलगायत क्षेत्रको विकासलाई कसरी अघि बढाउने भन्ने विषयमा भावी योजना तयार गर्ने अध्यक्ष कुलुङले बताए। 

पञ्चवर्षे आवधिक योजना निर्माण गर्न अहिले यहाँका छ वडामा प्रारम्भिक सुझाव तथा तथ्यांक संकलन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले बताए । सबै वडाबाट आएका सुझावका आधारमा पालिकाले योजनाको प्राथमिकीकरण गर्ने उनले बताए ।

‘हामी गाउँपालिकाको कामलाई गुणात्मक र परिणाममुखी बनाउन जुटेका छौँ’, प्रशासकीय अधिकृत अधिकारीले भने, ‘भावी योजनालाई कसरी सञ्चालन गर्दा स्थानीयको आवश्यकता र अपेक्षा पूरा गर्न सकिन्छ भन्नका लागि सुझाव लिने काम भइरहेको छ । यसले आगामी दिनको बजेट निर्माणमा समेत टेवा पुग्छ ।’ उनले वर्षा लागेपछि सदरमुकामसम्म यातायात सेवा बन्द हुने भएकाले आगामी वैशाखसम्ममा योजना सम्पन्न गराउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए ।

बाह्रै महिना सडक सञ्चालनका लागि काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ४ : ०१ बजे

सरकार र निजी क्षेत्र किंकर्तव्यविमूढ हुँदा विप्रेषणको सदुपयोग हुन सकेन, तरलता बढ्यो

काठमाडौं– केन्द्रीय बैंकको तथ्यांकअनुसार असोज मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

तनहुँमा मकै उत्पादन बढ्यो

तनहुँ– तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै

नारायणघाट–बुटवल खण्डको नारायणी पुल क्षेत्रमा राति गाडी सञ्चालनमा रोक

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने

लहानमा ‘स्मार्ट शौचालय’ निर्माण सुरु

सिरहा– सिरहाको लहान नगरपालिकाले मुख्य बजार क्षेत्र हुलाकचोकमा आधुनिक सार्वजनिक