बेलायतको लेबर पार्टीका सांसद शर्माद्वारा सभामुख घिमिरेसँग भेटवार्ता « Khabarhub

बेलायतको लेबर पार्टीका सांसद शर्माद्वारा सभामुख घिमिरेसँग भेटवार्ता


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सभामुख देवराज घिमिरेसँग बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन् । आइतबार सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र बेलायत पुराना मित्र भएको बताउँदै कूटनीतिक सम्बन्ध स्थापना भएको २०० औं वर्षगाँठ भव्य रुपमा मनाउन बेलायतले गरेको तयारीप्रति खुशी व्यक्त गरे । उनले बेलायतबाट नेपालको विकासका लागि ठूला सहयोग भएको बताउँदै यसले आगामी दिनमा निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

सभामुख घिमिरेले कोभिड १९ महामारीमा बेलायती सांसदमा नेपाललाई सहयोग गर्नेबारे कुरा उठेको स्मरण गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, जनस्रोतका क्षेत्रमा लगानीको वातावरण बनाउन ध्यानाकर्षण गराए ।

भेटमा सांसद शर्माले सभामुख घिमिरेलाई अनुकूल समयमा बेलायत भ्रमणका लागि निम्तो दिँदै औपचारिक पत्र पठाउने जानकारी दिए । उनले नेपाल र बेलायतबीच २ सय वर्ष पुरानो सम्बन्ध रहेको बताउँदै आगामी दिनमा सम्बन्ध झन् बलियो हुने उल्लेख गरे ।

सांसद शर्माले बेलायतमा गोर्खा समस्या समाधानमा आफूले पटक पटक कुरा उठाएको बताउँदै मुद्दा पुनरावलोकनको काम भइरहेको जानकारी दिए । बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्षसमेत रहेका शर्मा नेपालमा सञ्चालित विकास परियोजनाको अनुगमन गर्न काठमाडौं आएका हुन् । उनको यो छैटौं नेपाल भ्रमण हो ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : ५७ बजे

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको

भारतले दुई वर्षपछि बढायो पेट्रोल-डिजेलको मूल्य

नयाँदिल्ली- भारतमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँले बढाइएको

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई प्रभावकारी

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार