विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज  चैत ५ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च १९, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

पुटिनद्वारा क्रिमिया र मारिउपोलको भ्रमण

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मारिउपोलको आकस्मिक भ्रमण गरेको क्रेमलिनले आइतबार जनाएको छ ।

राष्ट्रपति पुटिनले क्रिमियाको एकीकरणको नवौं वर्षगाँठको उपलक्ष्यमा क्रिमियाको भ्रमण गरेको केही घण्टापछि क्रेमलिनले वितरण गरेको भिडियोमा उनलाई हेलिकप्टरबाट मारिउपोलमा अवतरण गरेको देखाइएको छ ।

रूसी राष्ट्रपतिले कार चलाएर शहरको भ्रमण गरेको भिडियोमा देख्न सकिन्छ । रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका अनुसार उनले पुनर्निर्माण गरिएको म्युजिकल थिएटरको भ्रमण गर्नुका साथै भ्रमणका अवसरमा पुनः निर्माणकार्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

रूसी सरकारी टेलिभिजनले प्रसारण गरेको विवरणमा एक स्थानीय बासिन्दाले पुटिनलाई भनेका छन्, “हामी तपाईंका लागि प्रार्थना गरिरहेका छौं ।”

गत वर्षको फेब्रुअरीमा युक्रेनमा द्वन्द्व सुरु भएयता पुटिनको पूर्वी डोनबास क्षेत्रको यो पहिलो भ्रमण हो । रणनीतिक बन्दरगाह शहरमा युक्रेनी सेनाको अन्तिम नियन्त्रण र अजोभस्टल स्टिल उद्योगमा आक्रमणसहित एक अभियानपछि मारिउपोल कब्जा गरेको करिब एक वर्षपछि पुटिनले भ्रमण गरेका हुन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यसै साता मस्कोको भ्रमण गर्नुअघि पुटिनले युक्रेनी रणनीतिक बन्दरगाह शहरका रूपमा चिनिने मारिउपोलमा भ्रमण गरेका हुन् ।

मस्कोको रणनीतिक सहयोगी बेइजिङले युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने उद्देश्यले यो भ्रमणलाई ‘शान्तिका लागि भ्रमण’ को संज्ञा दिएको छ ।

चीनले आफूलाई तटस्थ पक्षको रूपमा स्थापित गर्न खोजेको छ र मस्को र कीभलाई वार्ता सुरु गर्न आग्रह गरेको छ । तर पश्चिमा नेताहरूले रूसको आक्रमणको निन्दा नगरेको भन्दै बेइजिङको बारम्बार आलोचना गर्दै मस्कोलाई आफ्नो अभियानका लागि कूटनीतिक आवरण प्रदान गरेको आरोप लगाउँदै आएका छन् ।

पुटिनले युक्रेनसँग सीमा जोडिएको दक्षिणी रुसी शहर रोस्तोभ–अन–डोनमा जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभलगायत सेना प्रमुखसँग पनि भेटवार्ता गरेको क्रेमलिनले जनाएको छ ।

पुटिनले शनिबार क्रिमियाको पनि आकस्मिक भ्रमण गरेका थिए । रूसी सरकारी टिभीले उनलाई मस्कोले नियुक्त गरेका स्थानीय गभर्नर मिखाइल रज्वोजायेभको साथमा ब्ल्याक सी को बन्दरगाह शहर सेवस्तोपोलको भ्रमण गरेको देखाइएको थियो । उनी सेवेस्तोल पुग्दा आँफैले गाडी चलाएर गएको बताइएको छ ।

सन् २०१४ मा कीभ र अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको जनमत सङ्ग्रहपछि रूसले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

भारतमा पृथकतावादी नेताको खोजी जारी

भारतमा पृथक मातृभूमिको माग गर्दै उत्तरी राज्य पञ्जाबका ग्रामीण क्षेत्रमा जुलुसको नेतृत्व गर्ने एक जना सिख कट्टरपन्थीको खोजीलाई भारतीय प्रहरीले तीव्र बनाएको छ ।

मोबइल फोनमा इन्टरनेट सेवा बन्द गरेर शनिबारदेखि जारी खोजीका क्रममा हालसम्म ७८ जना पक्राउ परेका छन् । यद्यपि छुट्टै ‘खलिस्तान’ राज्यको माग गर्दै जुलुसको नेतृत्व गरेको आरोप लागेका अमृतपाल सिंह भने अझैसम्म पक्राउ परेका छैनन् ।

गत महिना एकजना आफ्ना समर्थकलाई अपहरणको प्रयास गरेको आरोपमा पक्राउ गरिएपछि ३० वर्षीय सिंह र उनका एक जना सहयोगीसहित धेरै समर्थकले तरबार, बन्दुक र चक्कु लिएर प्रहरी चौकीमा आक्रमण गरेका थिए । अमृतसरको बाहिरी क्षेत्रमा भएको उक्त आक्रमणपछि सिंहविरुद्ध कारबाही गर्न पञ्जाब प्रहरीले खोजी अभियान थालेको हो ।

पञ्जाबका ग्रामीण क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको ठूलो उपस्थिति छ । उनीहरूले राज्यको समग्र स्थिति नियन्त्रणमा रहेको बताउँदै सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन् ।

सोमबारदेखि मोबाइल इन्टरनेट पुनः सञ्चालन हुने अधिकारीहरूले बताएका छन् । गलत सूचना र अफवाह रोक्ने उद्देश्यले इन्टरनेट सेवा बन्द गरिएको उनीहरूले बताएका छन् ।

घानामा डुङ्गा डुब्दा ५ जनाको मृत्यु

दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

ग्रेटर अक्रा क्षेत्रको अडा नजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुवाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको अजिजाकपे निर्वाचन क्षेत्रका सभासद् ड्यानियल एडजाक्पाले बताएका छन् ।

उनले डुङ्गामा क्षमता भन्दा बढी सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका बताएका छन् । आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताएका छन् । उद्धारकर्ताहरूले अझै बाँचेको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए ।

२०४० सम्म भारतको अर्थतन्त्रमा ५ जीको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने

५ जी प्रविधिले सन् २०४० सम्म भारतको अर्थतन्त्रमा ४ खर्ब ५० अर्ब डलर बराबरको योगदान दिने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ ।

भारतको डेलोइट टेक्नालोजी, मिडिया तथा टेलिकम्युनिकेसनले प्रतिवेदन सार्वजनिक गर्दै सन् २०४० सम्म भारतको कूल ग्राहस्थ उत्पादनमा ५ जी प्रविधिको योगदान ४ खर्ब ५० अर्ब डलर पुग्ने प्रक्षेपण गरेको हो ।

उक्त प्रतिवेदनमा ५ जी प्रविधिले भारतीय अर्थतन्त्रको बहुक्षेत्रीय योगदान दिने र यसबाट औद्योगिक क्षेत्रको उत्पादकत्व र कार्यक्षमता विस्तार गर्ने उल्लेख छ । उक्त प्रतिवेदनमा आगामी ३–४ वर्षसम्म यस प्रविधिको विस्तार गर्न भारतले १० अर्ब डलर खर्च गर्ने अपेक्षा गरिएको छ ।

प्रतिवेदनमा भारतका २० भन्दा धेरै निजी कम्पनीले ५ जी प्रविधिको विस्तारमा रुची देखाएको बताइएको छ । सन् २०२४ देखि सन् २०२७ सम्म भारतमा निजी कम्पनीले वृहद स्तरमा यस प्रविधिलाई विस्तार गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इक्वेडोर र पेरुमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु

ल्याटिन अमेरिकी मुलुक इक्वेडोर र पेरुमा गएको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ । शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पमा परी अरु चार सयभन्दा बढी घाइते भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

इक्वेडरको मचला र कुएन्का शहरमा भवन भत्केका छन् । भत्केका भवनका भग्नावशेषमा सवारी साधन समेत पुरिएको बताइएको छ । केही सवारी साधन कुच्चिएका छन् ।

भूकम्प गएपछि भयभीत बासिन्दा सडकमा दौडिएका थिए । भूकम्पका कारण एल ओरो प्रान्तमा ११ जनाको मृत्यु भएको जनाइएको छ । भवनको पर्खाल भत्केर कारमा खस्दा त्यसमा सवार एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

इक्वेडरको सिमानामा रहेको पेरुको टुम्बेस शहरमा चार वर्षीया बालिकाको टाउकोमा इँटा लागेर मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । भूकम्प प्रभावित स्थानमा कोलाहाल मच्चिएको छ । भूकम्पको धक्का ग्वायाकिल, क्विटो, मनाबी र मान्तामा पनि महसुस गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घद्वारा ‘ब्ल्याक सी’ को खाद्यान्न सम्झौता विस्तार भएको पुष्टि

संयुक्त राष्ट्रसङ्घले युक्रेनका तोकिएका सामुद्रिक बन्दरगाहबाट खाद्यान्न, सम्बन्धित खाद्यान्न र मल निर्यात गर्न अनुमति दिने सम्झौताको समयावधि थप भएको पुष्टि गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले इस्तानबुलमा २२ जुलाई २०२२ मा हस्ताक्षर गरिएको ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ को समयावधि थप गरिएको बताएका हुन् ।

रूस र युक्रेनले इस्तानबुलमा टर्की र संयुक्त राष्ट्रसङ्घसँग युक्रेन र रूसबाट अनाज र मल निर्यातमा अलग–अलग एक कागजातमा सन् २०२२ जुलाई २२ मा हस्ताक्षर गरेका थिए । यसको उद्देश्य रूस–युक्रेन सशस्त्र द्वन्द्वको बीचमा विश्व बजारमा आपूर्ति सुनिश्चित गर्नु रहेको बताइएको छ ।

सुरुमा १२० दिनका लागि लागू भएको यो सम्झौता सन् २०२२ को नोभेम्बरको मध्यमा थप १२० दिनका लागि बढाएर मार्च १८ सम्मका लागि विस्तार गरिएको थियो ।

“ब्ल्याक सी ग्रेन इनिसियटिभलाई कूटनीतिक र परिचालन समर्थनका लागि हामी टर्की सरकारप्रति कृतज्ञता व्यक्त गर्दछौं,“ डुजारिकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताको पहिलो दुई अवधिमा करिब दुई करोड ५० लाख मेट्रिक टन खाद्यान्न ४५ देशमा पठाएको थियो ।

यसले विश्वव्यापी खाद्य मूल्य घटाउन र बजारलाई स्थिर बनाउन मद्दत गरेको छ । रूस र संयुक्त राष्ट्रसङ्घले जुलाई २०२२ मा रूसी खाद्यान्न र मलको निर्बाध निर्यातलाई सहज तुल्याउन समानान्तर समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

डुजारिकले रूससँगको सम्झौतासँगै ‘ब्ल्याक सी ग्रेन इनिसियटिभ’ विश्वव्यापी खाद्य सुरक्षाका लागि र यसमा पनि विशेषगरी विकासशील मुलुकहरूका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले भने, “हामी दुवै सम्झौताप्रति दृढतापूर्वक प्रतिबद्ध छौं र हामी सबै पक्षलाई पूर्ण रूपमा कार्यान्वयन गर्न आफ्नो प्रयासलाई दोब्बर बनाउन आग्रह गर्दछौं ।”

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ८ : ०७ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको