बैंकको चर्को ब्याजदर घटाउनु पर्ने राप्रपा नेपालको माग « Khabarhub

बैंकको चर्को ब्याजदर घटाउनु पर्ने राप्रपा नेपालको माग


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राप्रपा नेपालले बैंक र विभिन्न बित्तीय संस्थाहरुको चर्को ब्याजदर घटाउन र ऋण चुक्ता गर्ने समय सिमा बढाउन माग गरेको छ । सोमबार बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले लघुवित्तको ऋणचक्रमा परेका बिपन्न परिवारलाई ऋण मुक्त पार्न प्रभावकारी कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

केन्द्रिय कार्य सम्पादन समितिको बैठकले साना किसान र साना ब्यबसायीहरुको दुराबस्थालाई ध्यानमा राखी ॠणमुक्त गराउने नीति ल्याउन सरकार अग्रसर हुनुपर्नेमा समेत बैठकले जोड दिएको छ । महङ्गी नियन्त्रण गर्न तत्काल शसक्त र प्रभाबकारी कदम चाल्न तथा पुँजि बजारका लगानिकर्ताहरुको आर्थिक सुरक्षामा तत्काल ध्यान दिनको निमित्त राप्रपा नेपालले सरकारसङ्ग माग गरेको छ ।

बैठकले संगठन बिस्तारका क्रममा काठमाण्डौ उपत्यका भित्रका सबै वडाहरुमा चैत्र मसान्त भित्र ईकाई समिति गठन गर्ने,प्राथिमिकता प्राप्त १५ जिल्लाहरुका वडाहरुमा बैशाख मसान्त भित्र ईकाई समिति गठन गर्ने,अन्य जिल्लाहरुमा कम्तिमा पालिका तहका जेष्ठ महिना भित्र ईकाई समिति गठन गर्ने कार्य योजना पारित गरेको छ ।

साथै जिल्लागत जिम्मेवारी दिई ६ वटा बिभिन्न टोली बनाएर जिल्ला पठाउने पठाउने निर्णय गरेको छ । नेताहरु राजिव पराजुली, श्याम तिमिल्सिना,सुशील श्रेष्ठ, राजाराम बर्तौला, केशव श्रेष्ठ, तेज कुरुम्वाङ लगायत प्रदेश अध्यक्षहरु सहभागी भ्रमण टोलि जिल्लामा खटिने समेत निर्णय भएको छ ।

यस्तै चैत्र महिना भित्र प्रदेश स्तरिय प्रशिक्षण,बैशाख महिना भित्र जिल्ला स्तरिय प्रशिक्षण संचालन हुनेछ । भने उपत्यका भित्रका पालिकामा चैत महिनामा र अन्य पालिकास्तरिय प्रशिक्षण मंसिर महिना भित्र सम्पन्न गरिने निर्णय भएको छ ।

साथै आर्थिक विभाग,कानुन बिभाग र नीति तथा अनुसन्धान बिभागको कार्यक्रम पास गरेको छ ।बैशाखको दोस्रो हप्ता संयुक्त जनप्रदर्शन गर्ने र पौष महिना भित्र जनबर्गिय संगठनको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको प्रबक्ता बसन्तमान सिंह अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : २६ बजे

रोनाल्डो फेरि निराश : अल-ऐनसँग ४ गोलको फराकिलो अन्तरले हार्‍यो अल-नासर

काठमाडौं- क्रिस्टियानो रोनाल्डोसमेत मैदानमा उत्रिँदापनि अल–नासर एएफसी च्याम्पियन्स लिग एलिटमा

अर्बाउदीका घर-घरमा शुद्ध खानेपानीका धारा

बागलुङ– खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा

अव्यवस्थित पार्किङ र साँघुरो सडकले मैनापोखरीमा बढ्यो दुर्घटनाको जोखिम

दोलखा– दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका–५ स्थित मैनापोखरी बजारमा साँघुरो सडक

ईयू–क्यानाडा सहकार्य विस्तारको तयारी

स्ट्रासबर्ग – बदलिँदो विश्व परिस्थितिका बीच आर्थिक तथा रणनीतिक निर्भरता घटाउने प्रयासस्वरूप

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन 

काठमाडौं – सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र