विराट गोल्ड कप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार « Khabarhub

विराट गोल्ड कप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विराटनगरमा यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्ड कप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालका विभागीय क्लबहरू एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, सङ्कटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लब केरला भारत र ड्रुक लयुल फुटबल क्लब भूटान रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक सुभाशिष कोइरालाले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ०३ बजे

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले