सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु « Khabarhub

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा नेपालीसँगै सरकारी कामकाजको भाषाका रूपमा नेवारी र तामाङ भाषा प्रयोगका लागि कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा तामाङ र नेवारी भाषा कार्यान्वयन समितिको सम्पन्न बैठकले नेवारी र तामाङ भाषा कार्यावन्यनको प्रक्रिया अगाडि बढाएको हो ।

बैठकले तामाङ र नेवारी भाषा कार्यावन्यनका लागि एक महिनाभित्र ऐन ल्याउने र त्यसपछि कार्यान्वयन गर्ने भएको जनाएको छ । धेरै सङ्ख्यामा तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आमनागरिकलाई थप सहज वातावरण बनाउनका लागि सो भाषासम्बन्धी ऐन ल्याउन लागिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिए ।

भाषा कार्यान्वयन समितिका अध्यक्ष तथा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले एक महिनाभित्र भाषा कार्यान्वयन प्रक्रिया पूरा गर्नका लागि वैशाखभित्र संसद्मा पेश गरिने बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ३७ बजे

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम