यस्तो रह्यो यस वर्षको घोडेजात्रा (तस्वीरहरु) « Khabarhub

यस्तो रह्यो यस वर्षको घोडेजात्रा (तस्वीरहरु)


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चैत कृष्ण औंसीको अवसरमा मंगलबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलितमध्येको यो जात्रा प्राचीन मानिन्छ ।

परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ ।

त्यही जनविश्वास र संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्राको आयोजना गरेको हो ।

घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको छ । नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

घोडेजात्रामा विभिन्न सैनिक ब्याण्डद्वारा धुनहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको सुरुमै घोडाद्वारा शो जम्प प्रस्तुत गरिएको थियो । यो प्रस्तुतीमा घोडाहरुले विभिन्न पर्खालहरु नाघेका थिए । साहासिक सेनाहरुले घोडाको चालको गतिमा विभिन्न पर्खालहरु उफ्रेर अगाडि बढेका थिए ।

यस्तै क्रस टेण्ड पेगिङ अन्तरगतको प्रस्तुतीमा सैनिकहरुले घोडाको साहायतामा शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए । त्यसैगरी तालिम प्राप्त कुकुरहरुको प्रस्तुती निकै रोचक देखिएको थियो । घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिस्पर्धामा विजयी सैनिकलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए ।

यात्राका लागि लागि निकै महत्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोगसँगै महत्व घट्दै गएको छ । घोडा अन्य जनावरभन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ६ : ४५ बजे

बागमती प्रदेशसभा : दुई विधेयक बहुमतले पारित

मकवानपुर–  बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र

सरकारका १०० दिन : विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार

काठमाडौं- सरकारले आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भका रूपमा ऊर्जा क्षेत्रलाई

सरकारका सय दिन : जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज

काठमाडौं- सरकारले जेन-जी आन्दोलनका घाइते तथा सहिद परिवारको राहत, औषधोपचार,

संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो