नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहन्छ : नेता कोइराला « Khabarhub

नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहन्छ : नेता कोइराला


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहने बताएका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज काठमाडौँमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा उनले कांग्रेस सधैँ नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।

“प्रेस स्वतन्त्रता बिना लोकतन्त्र फस्टाउन सक्दैन, कांग्रेसले सञ्चार क्षेत्र र प्रेस स्वतन्त्रतालाई सधैँ सकारात्मकरूपमा हेर्दै आएको छ”, उनले भने । उनले आगामी केही दिनभित्रै कांग्रेस सरकारमा जान लागेको जानकारी दिँदै कांग्रेसलाई सरकारमा गएर गल्ती गर्ने कुनै छुट नभएको बताए।

नेता डा कोइरालाले सरकारमा गएर दश दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको भएको उल्लेख गर्नुभयो । वर्तमान सत्ता गठबन्धलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको भएको उनको भनाइ थियो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो टुङ्गोमा पु¥याउनुपर्ने बताए । “शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पु¥याउन ढिलासुस्ती गरे भविष्यमा यसले थप जटिलता निम्याउन सक्छ, पीडितको भावनामाथि चोट पु¥याउने काम गर्नुहुँदैन”, उनले भने। शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु¥याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यताविपरीत जान नहुने उनको भनाइ थियो ।

महामन्त्री थापाले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने बताए । गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : ५३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर