ह्विलचेयर क्रिकेट टोली आज भारत जाँदै « Khabarhub

ह्विलचेयर क्रिकेट टोली आज भारत जाँदै


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको गुजरात प्रस्थान गर्ने भएको छ ।

हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन् । प्रशिक्षकमा भरतकुमार कार्की छन् ।

टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल रहेका छन् । मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्का गरी चार राष्ट्रको सहभागिता रहनेछ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ ।

लिगमा शीर्ष दुई स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपालले मार्च २४ मा श्रीलङ्का, मार्च २५ मा भारत र मार्च २७ मा बङ्गलादेशविरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले बुधबार आयोजित एक एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ८ : २३ बजे

शिर निहुर्‍याएर विदेशिएका देउवा रुफटपमा फर्किए ! 

काठमाडौं– गत फागुन १३ गते गोप्य रूपमा उपचारका लागि सिंगापुरतिर

र्‍याडिसन होटलमा सरकारको स्टन्ट, विभागकै अधिकारी भन्छन्- ७० वटा सिलिण्डर चुल्होमै जोडिएका थिए

काठमाडौं– उद्योग मन्त्रालय अन्तर्गतको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले होटेल

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई हिरासतमा राख्न तीन दिनको अनुमति

काठमाडौं- गोपनीयताको हकविरुद्धको अभियोग लगाएर पक्राउ गरिएका पत्रकार किशोर श्रेष्ठलाई

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी

किशोर श्रेष्ठको गिरफ्तारीमा विश्व प्रेस काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडौं- विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी) ले नेपाली पत्रकार तथा