दोलखामा बस दुर्घटना, १३ घाइते « Khabarhub

दोलखामा बस दुर्घटना, १३ घाइते


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- भीमेश्वर नगरपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर २ स्थित पाख्लती बजार नजिकैको मोडमा बा ४ ख ५१४९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । बसमा ४० यात्रु सवार थिए ।

काठमाडौंबाट दोलखाको लामाबगर तर्फ जाँदै गरेको उक्त बस मोडमा स्टेरिङ काट्न नसक्दा सडकको भित्तामा ठोकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय चरिकोटका प्रहरी निरीक्षक प्रदीप महतले जानकारी दिए ।

दुर्घटना परी घाइते हुनेहरूमा भीमेश्वर नगरपालिका -१ सुस्पाका ४१ वर्षीय केशर बहादुर थामी, ४९ वर्षीय प्रकाश सुवेदी, भीमेश्वर – ३ पुरानो बजारकी ७ वर्षीय श्रृष्टी शिवाकोटी, कालिन्चोक गाउँपालिका वडा नम्बर -९ सुन्द्रावतीका २३ वर्षीय सुदर्शन खतिवडा, ३५ वर्षीय सुन्दर प्रसाद पाण्डे, कालिन्चोक – ७ सुनखानिकी ४२ वर्षीय धनलक्ष्मी तामाङ, कालिञ्चोक- ८ सुनखानिका ३५ वर्षीय सिताराम शिवाकोटी,कालिन्चोक -३ लामिडाँडाका १८ वर्षीय दिपेन्द्र खत्री घाईते भएका छन्।

त्यसैगरी विगु गाउँपालिका- ७ बिगुकी ३५ वर्षीय फुरलाङमु शेर्पा, ५९ वर्षीय पासाङ डोमा शेर्पा, बिगु -३ बुलुङका २५ वर्षीय रामचन्द्र ठकुरी, ५८ वर्षीय विष्णु बहादुर ठकुरी, बिगु-४ सिंगटीका ३८ वर्षीय तेज बहादुर ओली घाईते भएका छन्।

घाइते हरुको प्राथमिक स्वस्थ केन्द्र चरिकोट र गौरिशंकर जनरल अस्पतालमा दोलखामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिए।

चरिकोट र दोलखा चौकीबाट खटिएका प्रहरी टोलिले घाइतेहरूको उद्धार गरेका थिए।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : १८ बजे

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट