भन्सार कार्यालयमा थन्किएका सवारीसाधन लिलाम नगर्दा नष्ट हुँदै | Khabarhub Khabarhub

भन्सार कार्यालयमा थन्किएका सवारीसाधन लिलाम नगर्दा नष्ट हुँदै


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- विभिन्न मितिमा प्रहरीले बरामद गरे जनकपुर भन्सार कार्यालयलाई बुझाएको ७०० सवारीसाधनहरू लिलाम हुन नसक्दा नष्ट हुन थालेका छन् ।

प्रहरीले बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको सवारीसाधनहरूमा मोटरसाइकल ६८०, तीन पाङ्ग्रे टेम्पु ८, र पिकअफ भ्यान १२ वटा गरी ७०० सवारीसाधनहरू लिलाम हुन नसकेको छैन । करोडौँ मूल्य पर्ने सो सवारीसाधनहरू भन्सार परिसरमा यत्रतत्र राखिएकोले घामपानीका कारण नष्ट हुन थालेको छ ।

२०७८ पुस महिनामा लिलाम भएयता हालसम्म कुनै प्रकारको सवारीसाधनहरू लिलाम हुन नसकेको भन्दै भन्सार प्रमुख केशवराज ओलीले लिलामी प्रक्रिया झन्झटिलो भए पनि निकट भविष्यमै सो सवारीसाधनहरू लिलाम गर्न सूचना निकालिने बताए ।

ती सवारीसाधनहरू चोरी पैठारीमा प्रयोग हुँदै आएको र प्रहरीले विभिन्न मितिमा बरामद गरी भन्सार कार्यालयलाई बुझाएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ११ : ३६ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज