विराट गोल्डकप आजदेखि सुरु हुँदै | Khabarhub Khabarhub

विराट गोल्डकप आजदेखि सुरु हुँदै


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुने भएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिड्दैछन् ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका गरी आठ टोलीले सहभागिता जनाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिए ।

गोल्डकपको विजेता टिमले २० लाख १५ हजार तथा उपविजेता टोलीले १० लाख २५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरी तथा सङ्कटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी एफसीको सहभागिता रहने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए ।

यसपटकको विराट गोल्डकपमा विधागत खेलाडीलाई जनही २५ हजार तथा प्लेयर अफ द म्याचलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

तत्कालीन राजा महेन्द्रका नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आएको हो । पञ्चायतकालमा २७ पटक र बहुदल आएपछि विराट गोल्डकपका नामबाट सातौँ प्रतियोगिता हुन लागेको हो ।

पूर्वमा नेपाली फुटबलको सानका रूपमा रहेको विराट गोल्डकप प्रतियोगितामा सहभागी हुन दर्शकका लागि टिकट खरिद खुला गरिएको आयोजकले बताएको छ । टिकेटिङका लागि पार्टनर खल्ती एपसँग सम्झौता भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  २ : २५ बजे

चीनको अन्तरिक्ष यात्रामा ‘लिजियन–१’ को ऐतिहासिक सफलता

एजेन्सी – चीनले मंगलबार ‘लिजियन–१ वाई १०’ नामक प्रक्षेपण यान

अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले

काठमाडौं – विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी

आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको औद्योगिक क्षेत्रमा

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन : महासचिव पोखरेल

सिन्धुपाल्चोक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको

युक्रेन जोगाउन अमेरिकी सैनिक जाँदैन : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग युद्धरत युक्रेनको सुरक्षा