डडेल्धुरा अस्पतालको सेवा तीनदेखि ठप्प, सेवा नपाउँदा बिरामीलाई सास्ती | Khabarhub Khabarhub

डडेल्धुरा अस्पतालको सेवा तीनदेखि ठप्प, सेवा नपाउँदा बिरामीलाई सास्ती


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा- जिल्ला सदरमुकाममा रहेको डडेल्धुरा अस्पतालमा खटिएका चिकित्सकमाथि आक्रमणको विषयलाई लिएर तीनदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको छ । चिकित्सकमाथि पटकपटक आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै अस्पतालमा कार्यरत सबै चिकित्सकले बिहीबारदेखि आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरेका हुन् ।

उपचारको क्रममा गत जेठ ३१ गते सुत्केरी भएको १४ दिनपछि अमरगढी–६ की गीता ताम्राकारको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तोडफोड भएको थियो । शल्यक्रिया गरी शिशु जन्माएकी ताम्राकारको अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए । मृतकका आफन्तसँग तीनबुँदे सहमति भएपछि त्यति बेलाको विवाद साम्य भएको थियो ।

यही असार १ गते अस्पतालमा काम गर्ने वातावरण नभएको र जतिबेला पनि आक्रमण हुने खतरा रहेको भन्दै अस्पतालमा कार्यरत ११ जना चिकित्सक बिदामा बसेका थिए ।

पटकपटक यसखालका घटनाले अस्पतालको सेवा नियमित सञ्चालन नहुँदा टाढाबाट आउने बिरामी मार्कामा पर्न थालेका छन् । आकस्मिक बाहेकका सबै सेवा ठप्प भएपछि सेवाग्राहीले अहिले सास्ती भोगिरहेका लालिका दार्चुलाका मनोज नेपालीले बताए ।

चिकित्सकको सुरक्षाको जिम्मेवारी प्रशासनले लिने हुँदा अस्पतालको सेवा पुनः सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आग्रह गरेका छन् । पटकपटक आक्रमण हुँदा स्थानीय प्रशासनबाट कुनै सुरक्षा नपाएका कारण आफूहरु काममा फर्कन नसक्ने अस्पतालका चिकित्सक डा जीवन खरेलले बताए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १२ : १३ बजे

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा

थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद

कञ्चनपुर-  वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायका भान्सामा विशेष स्थान ओगट्ने

संसदीय सुनुवाइ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दै छन्

यमनका तीन बन्दरगाहमा इजरायलको आक्रमण

इजरायल – इजरायलले यमनका तीन बन्दरगाहमा आक्रमण गरेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत हुने

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दैछ ।