कोशी प्रदेशसभालाई चुस्त दुरुस्त बनाउन छलफल सुरु « Khabarhub

कोशी प्रदेशसभालाई चुस्त दुरुस्त बनाउन छलफल सुरु


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेशको प्रदेशसभालाई चुस्त एवं दुरुस्त बनाउन प्रदेशसभा नियमावली–२०७९ मस्यौदामाथि आजदेखि छलफल सुरु भएको छ । यसका लागि प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीको संयोजकत्वमा मस्यौदा समिति निर्माण गरिएको थियो ।

कूल ११ जना सदस्य रहेको समितिले नियमावली त्रुटिरहित बनाउन सांसद, कानुनविद्, संविधानविद्, विभित्र पेसागत सङ्गठनका प्रतिनिधि एवं पूर्वसभामुख, उपसभामुख, प्रमुख न्यायाधिवक्ताहरुसँग परामर्श र सुझाव लिएर मस्यौदा तयार पारेको हो ।

कोशी प्रदेशसभा नियमावली–२०७९ द्वारा आज आयोजित छलफलमा सभामुख बाबुराम गौतमले नियमावली समृद्ध भएमा प्रदेशसभा सञ्चालन एवं व्यवस्थापनमा मद्दत पुग्ने धारणा राखे । मस्यौदा समितिका संयोजक लीलाबल्लभ अधिकारीले प्रदेशसभाको मूल ऐन एवं विधानका रुपमा रहने नियमावलीलाई सकेसम्म त्रुटिरहित बनाउने प्रयास भइरहेको जानकारी दिए ।

संविधानविद् प्रा.डा. विपीन अधिकारीले नयाँ आवश्यकतालाई सम्बोधन गर्न बनाउने नियमावलीको मस्यौदामा गरिएको यो छलफलले नियमावली समृद्ध हुने विश्वास व्यक्त गरे । समितिका सदस्य शोभा चेम्जोङले प्रदेशसभाको दोस्रो कालखण्डमा पुरानै नियमावलीबाट १३ वटा बैठक सम्पत्र भएको जानकारी दिँदै नियमावली सबैलाई मान्य हुने किसिमको हुने धारणा राखिन् ।

संसदीय पत्रकार मञ्चका संयोजक गणेश लम्साल र पूर्व मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यलगायतले मस्यौदामाथि टिप्पणी गरेका थिए ।

शनिबारसम्म चल्ने मस्यौदा छलफलमा प्रदेशसभाका पूर्वसांसद, पूर्वसभामुख, उपसभामुख, विषयगत समितिका सभापतिहरु, दलका नेताहरु, पूर्वमन्त्री एवं राज्य मन्त्रीहरु, कानून तथा न्याय क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता छ ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : १२ बजे

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

भगवान विष्णुको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार ।

आज २०८३ साल वैशाख ३ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ३ गते बिहीबार ।

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका