मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा | Khabarhub Khabarhub

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताएका छन्।नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको मूल कारण पहिचान गर्न सकिए सहजरुपमा समाधानको उपाय लाग्ने बताए ।

“विवाद के हो ? कसरी भयो ? र कारण के हो भन्ने विषय पहिचान भएपछि समाधानको उपाय निस्किन्छ”, न्यायाधीश खतिवडाले भने, “विवाद आफैँमा खराब होइन समाजलाई सिर्जनशील परिवर्तनका लागि विवाद आवश्यक हुन्छ विवादबाट बिग्रिएको सम्बन्धलाई मेलमिलापबाट जोड्न सकिन्छ ।”

जातीय छुवाछुत, महिला अधिकारलगायतका विषय समाजभित्रको द्वन्द्व विवादबाट सिर्जनशील परिवर्तन भएर आएको उल्लेख गर्दै उनले भने, “कुनै पनि विवाद र द्वन्द्व समाधानको प्रयास न्यायपूर्ण नभए त्यसले विद्रोह ल्याउन सक्दछ ।”

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भए पनि मेलमिलापकर्ताको सङ्ख्या पर्याप्त हुन नसकेको बताउँदै न्यायाधीश खतिवडाले मेलमिलापसम्बन्धी आधारभूत तालिम प्राप्त भएपछि मेलमिलाप कर्ममा लाग्न आग्रह गरे ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा रत्नबहादुर बागचन्दले मेलमिलापले जनतालाई न्याय प्राप्त गर्ने प्रक्रियामा ठूलो सघाउ पुगेको बताए ।

अदालतमा आएका कतिपय मुद्दाहरुसमेत मेलमिलापमा पठाउने गरेको जानकारी दिँदै उनले मेलमिलाप प्रक्रियालाई थप प्रभावकारी बनाउन यसमा देखिएका समस्यामा केन्द्रित भई काम गर्न आवश्यक रहेको बताए ।

सामुदायिक मेलमिलापकर्ता, समाज र मेलमिलाप परिषद्को आयोजना तथा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास समितिको समन्वयमा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाका मेलमिलापकर्ता सहभागी भएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ४२ बजे

प्रधानमन्त्रीद्वारा नागरिक समाजका अगुवाहरूसँग छलफल

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरूसँग

सिभिल अस्पतालले माग्यो करार कर्मचारी 

काठमाडौं– सिभिल सर्भिस अस्पताल (निजामती कर्मचारी) अस्पतालले करारमा कर्मचारी मागेको

टस जितेर काठमाडौं गोर्खाजले बलिङ रोज्यो (तस्बिरहरू)

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा

नेपाल प्रिमियर लिग : कीर्तिपुरमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को लागि टियु रंगशालामा समर्थकहरूको

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं– सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता