बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो | Khabarhub Khabarhub

बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई स्वदेश फर्काइयो


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेलारुसमा अलपत्र नौ नेपाली महिलालाई आज स्वदेश फर्काइएको छ । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभाग सदस्य कृतु भण्डारीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी ललाइफकाई बेलारुस पु¥याई अलपत्र पारिएका नौ जना महिलालाई स्वदेश फर्काइएको जानकारी दिए ।

उनका अनुसार नेपाल फर्काइएका महिलामा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मीना गुरुङ र मार्फा सोताङ राई रहेका छन् । पीडित महिलालाई विभिन्न सङ्घसंस्थाको सहयोगमा नेपाल फर्काइएको र उनीहरूले टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि स्वदेश फर्काउने प्रयास भएको भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले नेपाल फर्किएका नौ दिदीबहिनीलाई अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिनुका साथै विदेशमा पु¥याई अलपत्र बनाउनेलाई सरकारले कारबाही गर्ने आश्वासन दिए । उनले भने, “तपाईंहरू नेपाल फर्किनुभएको छ, अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाई काम गर्नुहोला, तपाईंहरूलाई हामी न्याय दिलाउने छौँ, अपराधीलाई कारबाही गराउन पहल गर्नेछौँ ।”

अल्पत्र अवस्थाबाट स्वदेश फर्काइएका मध्येकी एक पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको र भनेको पारिश्रमिक नदिएको तथा पीडा दिने गरेको दुःखेसो व्यक्त गरे । उनले नेपालबाट जाँदा एजेन्टले डलरमा पैसा दिने भने पनि बेलारुसमा गएपछि बेलारुसी रुबेल रु ७५ दैनिक दिने गरेको जानकारी दिए।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १० : २७ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई