थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्दै | Khabarhub Khabarhub

थ्रि नेसन्स कपमा आज भुटान र लाओस भिड्दै


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा आज भुटान र लाओसबीच प्रतिस्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कपको दोस्रो खेलमा भुटान र लाओसबीच खेल हुन लागेको हो । खेल साँझ ६ बजे सुरु हुनेछ।

थ्री नेसन्समा भुटानको यो पहिलो खेल हो । भुटान जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ । लाओसको यो दोस्रो खेल हो । लोआस पहिलो जित निकाल्दै फाइनलको सम्भावना कायम राख्न चाहन्छ । पहिलो खेलमा लाओसलाई नेपालले २-० ले हराएको थियो ।

तेस्रो खेलमा नेपालले अब चैत १४ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । गत ८ गते सुरु भएको प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको छ। प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि चैत १७ गते भिड्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार विजेताले ५ हजार अमेरिकी डलर र दोस्रोले ३ हजार डलर पाउनेछ भने उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर तथा म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छ ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ८ : १७ बजे

विगतका निर्णय उल्टाउन माग गर्दै डा. केसीले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले विगतमा स्वार्थ समूहको

जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद : अध्यक्ष ढकाल

धुलिखेल– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका

खोरत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर– कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाईभैँसी तथा चौपायालाई