उत्तर प्रदेशमा बाढी र पहिरोमा १५ जनाको मृत्यु « Khabarhub

उत्तर प्रदेशमा बाढी र पहिरोमा १५ जनाको मृत्यु


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको उत्तर प्रदेशमा वर्षापछि आएको बाढी र पहिरोमा परी १५ जनाको ज्यान गएको छ ।

अधिकारीले उपलब्ध गराएको पछिल्लो विवरणलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार तीन दिनको अविरल वर्षापछिको बाढी र पहिरोका कारण १५ जनाको मृत्यु भएका छन् भने २३ जनावर पनि मरेका छन् । वर्षाका कारण १३३ ओटा घर भत्किएका छन् ।

प्राकृतिक प्रकोपबाट प्रभावित हुने जिल्लाहरुमा उन्नाउ, अम्बेडकर नगर, प्रयागराज, बाराबाँकी, हार्डोइ, खिरी, गोरखपुर, कानपुर नगर, पिलिभित, सोनाभाद्र, चन्डोली, फिरोजवाद, माउ र सुल्तानपुर रहेका छन् ।

भारतको मौसम विभागले उत्तराखण्ड, पूर्वी उत्तर प्रदेश, झारखण्ड, मध्य महाराष्ट्र, कोन्कान र गोआ, कोस्टल कर्नाटक, अरुणाञ्चल प्रदेश र नागाल्याण्ड, मणीपुर, मिजोराम र त्रिपुरालगायतका क्षेत्र पनि वर्षा र बाढी पहिरोले बढी प्रभावित भएका छन् ।

ती ठाउँहरुमा अझै केही दिन बर्षा र बाढी पहिरोको प्रभाव पर्ने विभागले अनुमान गरेको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १ : २१ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले