भारतको मणिपुरमा जिरिबम–इम्फाल रेलमार्ग परियोजनाको काम तीव्र गतिमा अघि बढ्दै « Khabarhub

भारतको मणिपुरमा जिरिबम–इम्फाल रेलमार्ग परियोजनाको काम तीव्र गतिमा अघि बढ्दै


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपूर्वी भारतको मणिपुर राज्यको राजधानी इम्फाललाई मुलुकका अन्य भागसँग जोड्ने जिरिबम–इम्फाल रेलमार्ग परियोजनाको कामले तीव्रता पाएको छ ।

उत्तरपूर्वी भारतमा कनेक्टिभिटीलाई थप विस्तार गर्ने उद्देश्यका साथ यस रेलमार्गको निर्माण थालिएको हो । परियोजनामा ११ रेलवे स्टेशनहरू निर्माण गर्ने लक्ष्य राखिएको छ ।

तीमध्ये ६ वटा स्टेशनको सम्पन्न भइसकेको भारतबाट प्रकाशित हुने नर्थइस्ट विकलीले उल्लेख गरेको छ । यस परियोजनाको अनुमानित लागत करिब १ खर्ब ४३ अर्ब २२ करोड भारतीय रुपैयाँ रहेको छ ।

यस रेलमार्ग सन् २०२३ कोे डिसेम्बर महिनासम्म सम्पन्न भइसक्ने बताइएको छ । यस रेलमार्गको लम्बाई ११० किलोमिटर रहेको छ ।

यस रेलमार्गमा ५२ वटा सुरुङको निर्माण हुने भारतीय अधिकारीले जनाएका छन् । यस रेलमार्ग निर्माणका लागि इतिहासमै पहिलो पटक ‘भर्टिकल साफ्ट’ प्रविधि अपनाइएको अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १ : ५० बजे

नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल

देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

काठमाडौं- गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट