समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियो : राष्ट्रपति पौडेल « Khabarhub

समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियो : राष्ट्रपति पौडेल


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक र समुदायलाई सूचना प्रवाह गर्न सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक सङ्घका पदाधिकारीसँग आज शीतलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले छिटो, छरितो, सत्यतथ्य सूचना प्रवाहमा सामुदायिक रेडियो प्रसारक सङ्घले खेलेको भूमिका तथा योगदान महत्वपूर्ण रहेको बताए ।

राष्ट्रपति पौडेलले नेपालमा आमसञ्चारमाध्यम खासगरी एफएम रेडियोले जनतामा सूचनाको पहुँच सहज बनाउन प्रभावकारी भूमिका निर्वाह गरेको बताए । “सामुदायिक रेडियोका कारण गाउँ–गाउँसम्म आम नागरिकमा सूचनाको पहुँच सहज ढङ्गले पुगेको छ, यसका लागि तपाईँहरूलाई धन्यवाद छ, साथै स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशीलताको विकास गर्न सामुदायिक रेडियोहरूको भूमिका विशेष छ”, उनले भने।

स्थानीय तहमा उत्पादनशीलतालाई सामुदायिक रेडियोले प्रोत्साहन गरेको खण्डमा मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्नेछ भन्दै उनले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भए पनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको बताए।

सो अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घले राष्ट्रपति पौडेललाई उक्त पदमा निर्वाचित भएकोमा हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो । साथै सङ्घका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई रेडियो सेट उपहार दिए।–

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : २२ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड