इटहरी गोल्डकपको उपाधि सगरमाथाले जित्यो « Khabarhub

इटहरी गोल्डकपको उपाधि सगरमाथाले जित्यो


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इटहरी – १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब विराटचोकले जितेको छ।

चर्च व्बाइज क्लब काठमाडौँलाई सडनडेथमा ६५ ले हराउँदै सगरमाथाले उपाधिसँगै नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त गर्‍यो। यसअघि १२औँ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले नै उपाधि जितेको थियो ।

व्यक्तिगत विधातर्फ सगरमाथाको वर्चस्व रह्यो। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सगरमाथाका देव लिम्बु, उत्कृष्ट डिफेन्डर विशाल बस्नेत, उत्कृष्ट फरवार्ड स्टेफेन र उत्कृष्ट प्रशिक्षक याम गुरुङ घोषित भए।उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे।

उत्कृष्ट मिडफिल्डर चर्चका मौसम लिम्बु र उदीयमान खेलाडी राष्ट्रिय जागृतिका असीम राई घोषित भए। मौसमले २० हजार र असीमले ३२ इन्चको टेलिभिजन पाए। खेलका म्यान अफ दि म्याच चर्चका मौसम लिम्बु घोषित हुँदै नगद १० हजार प्राप्त गरे।

सर्वाधिक गोलकर्ता मच्छिन्द्रका कप्तान अफिज ओलावाले घोषित भए। ५ गोल गरेका उनले नगद ३० हजार प्राप्त गरे। सर्वोत्कृष्ट खेलाडी सगरमाथाका कप्तान महेन्द्र कार्की घोषित हुँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा गत चैत्र ४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका ८ टोली सहभागी थिए।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ७ : ५६ बजे

इंग्ल्याण्डविरुद्ध नेपाललाई दोस्रो सफलता, नन्दन यादवको बलमा जोश बटलर कट बिहाइन्ड

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

उत्तर कोरियाको पार्टी सम्मेलन

सियोल– उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख

डेब्यू बलमै शेर मल्लले लिए विकेट

काठमाडौं- शेर मल्लले डेब्यू बलमै विकेट लिएका छन् । राष्ट्रिय

थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा

बैङ्कक– थाइल्यान्डमा आइतबार प्रारम्भिक आम निर्वाचनका लागि मतदान भएको छ

दुर्गा प्रसाईंको पक्षमा कांग्रेस नेता दीपक खड्का, पटक पटक पक्राउप्रति सरकारमाथि उठाए प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्काले संविधानले सुनिश्चित गरेका नागरिक