इटहरी गोल्डकपको उपाधि सगरमाथाले जित्यो « Khabarhub

इटहरी गोल्डकपको उपाधि सगरमाथाले जित्यो


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

इटहरी – १३औं संस्करणको इटहरी गोल्डकपको उपाधि सगरमाथा युथ क्लब विराटचोकले जितेको छ।

चर्च व्बाइज क्लब काठमाडौँलाई सडनडेथमा ६५ ले हराउँदै सगरमाथाले उपाधिसँगै नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्चले ५ लाख रुपैया प्राप्त गर्‍यो। यसअघि १२औँ संस्करणमा त्रिभुवन आर्मीलाई हराउँदै सगरमाथाले नै उपाधि जितेको थियो ।

व्यक्तिगत विधातर्फ सगरमाथाको वर्चस्व रह्यो। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक सगरमाथाका देव लिम्बु, उत्कृष्ट डिफेन्डर विशाल बस्नेत, उत्कृष्ट फरवार्ड स्टेफेन र उत्कृष्ट प्रशिक्षक याम गुरुङ घोषित भए।उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरे।

उत्कृष्ट मिडफिल्डर चर्चका मौसम लिम्बु र उदीयमान खेलाडी राष्ट्रिय जागृतिका असीम राई घोषित भए। मौसमले २० हजार र असीमले ३२ इन्चको टेलिभिजन पाए। खेलका म्यान अफ दि म्याच चर्चका मौसम लिम्बु घोषित हुँदै नगद १० हजार प्राप्त गरे।

सर्वाधिक गोलकर्ता मच्छिन्द्रका कप्तान अफिज ओलावाले घोषित भए। ५ गोल गरेका उनले नगद ३० हजार प्राप्त गरे। सर्वोत्कृष्ट खेलाडी सगरमाथाका कप्तान महेन्द्र कार्की घोषित हुँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रंगशालामा गत चैत्र ४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नेपाल, भारत र क्यामरुनका ८ टोली सहभागी थिए।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ७ : ५६ बजे

एमाले महासचिवमा दोस्रो पटक शंकर पोखरेलले मारे बाजी

काठमाडौं-नेकपा एमालेको महासचिवमा शंकर पोखरेल दोस्रो पटक विजयी भएका छन्

निर्वाचन सफल बनाउन सरकारले काम गरिरहेको छ : सञ्चार खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनलाई सफल

एमाले अध्यक्षमा केपी ओली तेस्रो पटक विजयी

काठमाडौं- नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली विजयी

थाई सेनाद्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

एजेन्सी– थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार

दोस्रो पटक पनि बादल र लेखराजले पाए एमालेमा माया

काठमाडौं– तत्कालीन अवस्थामा २०७७ सालमा देखिएको नेकपाको तनावका कारण नेकपा