बाढी वस्ती पसेपछि झापामा २०२ घर डुबे | Khabarhub Khabarhub

बाढी वस्ती पसेपछि झापामा २०२ घर डुबे


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड- तीन दिनयता आएको अबिरल वर्षाका कारण झापाका विभिन्न स्थान जलमग्न बनेका छन् । वर्षाका कारण सयौँ घर डुबानमा परेका छन् भने केही विस्थापित समेत बनेका छन् ।

खोलामा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । झापा गाउँपालिका–१ को मिलनबस्तीमा कनकाई नदीको बाढी बस्तीमा पस्दा ७८ घरधुरी प्रभावित भएका छन् ।

घरमा पानी पस्दा स्थानीयवासीको दैनिकी कष्टकर बनेका छ । कनकाई नगरपालिका–६ स्थित विजनी खोल्साको पानी भरिएर बाँसको बाँध फुटाएर नजिकैको शिवाकोटी गाउँ, मन्सापुर, चम्पापुरका ११० घरधुरीमा पानी पसेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

यस्तै, गौरीगञ्ज गाउँपालिका–१ को कुञ्जीबारी पूर्वको सन्थालबस्ती कनकाईको बाढीले डुवानमा र कोरोबारी आपगाछीका नौ घरपरिवार विस्थापित भएर आफन्तकोमा आश्रय लिएर बसेको रेडक्रसका सभापति लोकराज ढकालले बताए । मेचीनगर–१४ दुहागडीका ४१ वर्षीय सुफल हस्दा खोलाले बगाएर बेपत्ता छन् । शारीरिक रुपमा अपाङ्गता भएका उनलाई फुलवासा खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएको हो । मेचीनगर–५ मा मेची नदीमा आएको बाढी बस्तीमा पस्दा १२५ घरधुरी प्रभावित भएका छन् ।

शिवसताक्षी–३ मा ताराबारीमा कनकाई नदीमा आएको बाढी पस्दा १४ घरपरिवार डुबान भएको रेडक्रसले जनाएको छ । कनकाई, बिरीङ, मावा, टाङ्टिङ, कमल, बनियानीलगायतका नदी तथा खोलामा भने पानीको बहाव घट्दै गएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १ : ४२ बजे

यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प 

काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या आएको छ

‘जिवनको हरेक चरणमा मधुमेह’ भन्ने नाराका साथ विश्व मधुमेह दिवस मनाइँदै 

काठमाडौं– आज विश्व मधुमेह दिवस । नेपालमा जीवनको हरेक चरणमा

महाधिवेशन मिति तोक्न कांग्रेसका २५ केन्द्रीय सदस्यले दर्ता गराए पत्र

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले चुनाव अगाडि

सुदूरपश्चिमको पैँतीस हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार

गोदावरी– सुदूरपश्चिम प्रदेशमा ३५ हेक्टर क्षेत्रफलमा जडीबुटीखेती विस्तार गरिएको छ

अर्थतन्त्र पुनर्जीवनका लागि नीति, सहकार्य र सुधारको खाका

नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरूको पछाडि सदैव दृढतापूर्वक सिबिफिन उभिएको