सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर « Khabarhub

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिकाले सडक किनारालाई हरियाली बनाउने अभियान अगाडि सारेको छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा उपमहानगरले सो अभियान कार्यान्वयनमा ल्याएको हो ।

अभियानअन्र्तगत मोहना–अत्तरिया सडकमा काठमाडौँको जावलाखेल ग्रुपदेखि नगर विकास कोषको सहयोगमा बिरुवा रोपिएका छन् । सडकको बीचभागमा वृक्षरोपण गर्नुका साथै तारजालीसमेत लगाएको छ । छ लेन सडकको धनगढी चौराहबाट भन्सारसम्म तारजाली लगाउने काम जावलाखेल ग्रुपले गरेको हो । बोराडाँडीबाट विमानस्थल जाने बाटोसम्म धनगढी उपमहागरले आफ्नै लगानीमा बोटबिरुवा रोपेको जनाएको छ ।

“छ लेन सडकमा वृक्षरोपण लगाउनुका साथै तारजाली लगाउने काम भएको छ”, धनगढी उपमहानगरका इञ्जीनियर उपेन्द्र भट्टले भने । “यसमा जावलाखेल ग्रुप, सूर्य नेपाल प्रालि, धनगढी विकास समिति र उपमहानगरको लगानी रहेको छ ।” सूर्य नेपालले यएरपोर्ट जाने बाटोबाट गोदावरी नगरपालिका अर्थात् सिमानासम्म बोटबिरुवा रोप्ने र तारजाली लगाउने काम गरेको इञ्जीनियर भट्टले जानकारी दिए ।

छ लेन सडक विभिन्न भागमा विभिन्न प्रजातिका बोटबिरूवा तथा फूलको बोट रोपेका हुन् । उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षरोपण गरिएको नगरप्रमुख गोपाल हमालले बताए । नगरलाई सुन्दर, सफा र हराभरा बनाउन वृक्षरोपण अति नै आवश्यक रहेको उनको भनाइ छ । “स्वच्छ, सफाका लागि बोटबिरुवा रोप्न आवश्यक छ”, उनले भने । “त्यसले गर्दा उपमहागरले वार्षिक दुई हजार बिरुवा रोप्नुका साथै हुर्काउने अभियान बनाएको छ । त्यसमा पनि टि–गार्डसहित हुनेछ ।”

अझ छ लेन सडकको बीच भागमा बिरुवा र दुबो लगाएर हरियाली बनाउने नगरप्रमुख हमालले बताए । छ लेनमात्र होइन निर्माणधीन अवस्थामा रहेका सहिदगेट क्याम्पस रोड सडक, ट्राफिक चौराह क्याम्पस चोकलगायतका सडकमा बिरुवा रोप्ने अभियान छ । उनले रोपिएका बिरुवा जोगाउनका लागि स्थानीयको साथ सहयोगबिना सम्भव नभएको बताए । “स्थानीयको सहयोगबिना कुनै पनि काम असम्भव हुन्छ”, उनले भने । “बिरुवा चोरी हुनेदेखि गाईवस्तुबाट बचाउन सबैले लाग्नुपर्नेछ ।” वृक्षरोपण र सरसफाइ एकअर्काबीच अन्तरसम्बन्ध रहेकाले यसले सुन्दर र हराभरा देखिने बिरुवाको संरक्षण गर्नुपर्ने उनले जोड दिए ।

उपमहानगरले रोपिएका बिरुवा हुर्काउनका लागि साँझ, बिहान सिँचाइसमेत गर्ने गरेको छ । उपमहानगरको सडक हरियाली पार्ने अभियानले स्थानीय पनि हर्षित भएका छन् । सडक मिडियम, दायाँ र बायाँ भागमा बिरुवा रोप्ने कार्य अति नै उत्तम भएको धनगढी उपमहानगर–२ का नितेश बटालाले बताए । “धनगढी उपमहानगरले वातावरणमैत्री सडक बनाउने अभियान चालेको छ”, उनले भने, “धनगढी प्रदेशमुकाम भएको हुँदा यसले गर्दा प्रदेशकै गौरव बढ्ने छ ।” उनले बिरुवा रोप्ने कार्य चर्चामा आउनका लागि मात्र नभएर रेखदेख महत्वपूर्ण रहेको बताए ।

उपमहानगरमा नगरलाई सफा, स्वच्छ बनाउनका लागि सडकलाई हरियालीमात्र होइन, प्लाष्टिकका झोलासमेत निषेध गर्ने अभियान छ । नगर स्वच्छताका लागि जनाउँदै धनगढी उपमहानगरपालिकाले मङ्सिरदेखि प्लाष्टिकका झोला बेच्न र सामान राखेर दिन रोक लगाएको हो । उपमहानगरले प्लाष्टिकका झोला बन्द गरेपछि कपडाका झोला प्रयोग हुन थालेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : १४ बजे

विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै बिरामी, उपचार जारी

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबै

आज ‘प्रपोज डे’ : आफ्नो मायालुलाई कसरी राख्ने प्रेम प्रस्ताव

काठमाडौं– अहिले ‘भ्यालेन्टाइन वीक’ चलिरहेको छ । ७ फेब्रुअरीबाट १४

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने क्रम

फेरि बढ्यो सुनको मूल्य : तोलाको तीन लाख पाँच सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

सुदृढ प्रहरी सङ्गठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी सङ्गठनका लागि