प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा रंगकर्मीहरूको रिट « Khabarhub

प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा रंगकर्मीहरूको रिट


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नाट्यकर्मीहरूको एक समूह सरकारविरुद्ध आन्दोलित भएको छ । नाट्यकर्मी जीवन थापा क्षितिज संयोजक, किशोर अनुराग अधिकारी सहसंयोजक तथा वरिष्ठ नाट्यकर्मी विजय विस्फोट सल्लाहकारसहितको संयुक्त संघर्ष समिति विरोधमा उत्रिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको अध्यक्षतामा बनाइएको सिफारिस समितिले ३ फागुनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रिक्त पदपूर्तिका निम्ति गरेको नाम सिफारिस र कुलपतिलगायतका नियुक्ति प्रचलित नेपालको संविधानविपरीत भएकोले आफूहरु आन्दोलनमा उत्रिएको उनीहरूले बताएका छन्।

सोही नियुक्तिविरुद्ध आफूहरूले न्यायको ढोका ढकढकाउन अदालतमा रिट दायर गरेको उनीहरूले पत्रकार सम्मेलन गरी जानकारी दिए। अदालतले सुनाउने फैसला सहर्ष स्विकार्ने उनीहरूले बताएका छन् ।

अहिलेको प्रजातान्त्रिक व्यवस्थामा दलहरुले नै भागबन्डा गरेर नियुक्त गर्ने गरे पनि सक्षम व्यक्तिलाई मात्र पदमा राख्नुपर्ने उनीहरुको माग छ । साथै उनीहरूले नियुक्त भएका व्यक्तिहरूको योग्यताबारे जनतालाई जानकारी दिन उनीहरूको बायोडाटा सार्वजनिक गर्न सरकारसमक्ष चुनौती पेश गरेका छन्।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : ५० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना