कर्णाली नदीले तोलीगाउँको जमिन कटान गर्न थालेपछि स्थानीय चिन्तित « Khabarhub

कर्णाली नदीले तोलीगाउँको जमिन कटान गर्न थालेपछि स्थानीय चिन्तित


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिका–८ श्रीलङ्कास्थित तोलीगाउँमा कर्णाली नदीले जमीन कटान शुरु गरेको छ । पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेपछि नदी कटान तीव्र भएको स्थानीयवासी दिलबहादुर बुढाले बताए ।

किसानले लगाएको ऊखु, तिल, मासलगायतका बालीसमेत कटान गरेको छ । वर्षेनी कटान र डुवानको समस्या झेल्दै आएका त्यहाँका बासिन्दा वर्षात्मा सधैँजसो त्रसित रहन्छन् । विगतका वर्षमा वर्षायाम सकिएर नदीमा पानीको सतह घट्ने बेला कटान हुने गरेको भए पनि यसवर्ष वर्षायामको शुरुवातबाटै कटान भएपछि स्थानीयवासी त्रसित भएका छन् ।

स्थानीय लोकसिंह बुढाले वर्षाको शुरुवातमै नदीले कटान शुरु गरेपछि त्रसित बनाएको बताए । “यसवर्ष त हामीले खेती पनि गर्न पाएका छैनौं, वर्षाको शुरुवातमै कर्णाली नदीले कटान शुरु गरेको छ”, उनले भने “चार बिघाभन्दा बढी कटान गरिसकेको छ, यही गतिमा काट्दै गए श्रीलङ्का क्षेत्र सबै नदीमा परीणत हुनेछ ।”

नदी कटानबाट उर्वर भूमि बालुवामा परीणत हुँदै गएको स्थानीयवासी धर्म चौधरीले बताउनुभयो । कैलाली र बर्दियाको सिमानामा पर्ने श्रीलङ्का बाढी प्रभावित क्षेत्र हो । बर्दियाले आफ्नो क्षेत्रमा कर्णाली नदीबाट दक्षिणतर्फ गत वर्षदेखि तटबन्ध बनाएपछि नदीको कटान झन तीव्र भएको हो । तटबन्ध सकिएको ठाउँबाटै नदीले यसवर्षसमेत कटान शुरु गरेको हो ।

कैलालीको क्षेत्रमा भने तटबन्ध निर्माण हुनसकेको छैन । कर्णाली नदीले श्रीलङ्कामा कटान शुरु गरेको टीकापुर–८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले बताए । केही दिनदेखि नदीले कटान शुरु गरेको छ । “बर्दियातिरबाट भएको तटबन्ध भन्दा तलबाट कटान शुरु छ”, ठकुल्लाले भने, “कटानले श्रीलङ्काको उर्वरभूमि सखाप हुने अवस्थामा पुग्यो ।” नदी कटानका कारण किसानले लगाएको बालीसमेत नष्ट भइरहेको अध्यक्ष ठकुल्लाले बताउनुभयो । श्रीलङ्कामा झण्डै ८० परिवार बसोवास गर्दै आएका छन् ।

त्यहाँका अधिकांश नागरिकले उखुखेती गर्ने गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  २ : ३० बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार